
मुक्तक १
म आज एकाउन्न बर्ष लागेँ पचास काटेर।
आधा जुनि बित्यो हजुरकै दाउरा घाँस काटेर।
बरु खाना नथपे हुन्छ मालिक,कचौरा थप्दिनुस् ,
मैलेँ सानो छोराको भाग राख्नु छगाँस काटेर।
मुक्तक २
जिन्दगीबाट नै ठूलो हरेस खाई स्वागत गर्नु पर्यो ।
यो मन जबर्जस्ती सम्झाई -बुझाई स्वागत गर्नु पर्यो
हिजो आँशुले आँखाको गाजल पखालेर बिदाई गरेथेँ,
आज सिंदुर पखालेर मेरो हजुरलाईस्वागत गर्नु पर्यो ।
मुक्तक ३
भाँजो हाली हाली बिथोल्ने त छोराहरु छन् ।
ढुङ्री ,तिलहरी फुली खोल्ने त छोराहरु छन् ।
बस् बोल्नेहरुकै कमि छ बुढेसकालमा मेरो,
म मरेको दिन घाटमा पोल्ने त छोराहरु छन् ।
मुक्तक ४
दियो धोका गर्यो छल एउटा मान्छेले ।
बिगार्यो पुरै मानस्पटल एउटा मान्छेले।
आँशु पुछौँ कि झुन्डी मरौँ दोधारमा परेँ,
अन्तिम चिनो पठायो सल एउटा मान्छेले।
मुक्तक ५
बसौं मान्छे सबै दलको तयारी अवस्थामा ।
घडा बनाउँ पित्तलको तयारी अवस्थामा।
मन्त्री ज्यू आउँदैछन् स्वागत गर्नु पर्छ,
राखौँ माला चप्पलको तयारी अवस्थामा।
