
काठमाडौं:नेपाली गीतसङ्गीतको बजारमा देखा परेका प्रतिभाहरू धेरै छन् । जसमा एक जना सुमधुर गायिकाको नाम हो प्रतिभा कट्टेल । भरखर मात्र निर्माण भएको( तिम्रो दिलमा फुल्नुभन्दा) गीतले बजारमा राम्रो चर्चा पाएको छ ।यस गीतमा प्रतिभा कट्टेलले सुमधुर आवाज दिएकी छन् भने सङ्गीतकारको भूमिका टङ्क बुढाथोकीले गरेका छन् ।
साहित्यकार विजय कट्टेल ’’छहराको शब्दले सजिएको उक्त गीतलाई यु ट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो । यस गीतको परिकल्पना तथा निर्देशन रङ्गकर्मी मोहन अभिलाषीले गरेका हुन् ।
उक्त गीतमा शङ्कै शङ्काले घेरिएको श्रीमान् र श्रीमतीबिचको अन्तर सम्बन्धलाई श्रीमानको व्यवहारले गर्दा अन्ततः बिछोडको अवस्था सम्मै पुर्याउँछ । छोरीले कागजमा लेखेर दिएको शुभकामना उत्सवलाई आफ्नै बाबाले फालिदिएको घटनाले उग्र रूप लिएपछि त्यही घटना कलको बीउ बन्न पुग्छ र आमा छोरीको सम्पूर्ण खुसी चकनाचुर हुन्छ । विवाह उत्सव मनाउने उक्त रमाइलो वातावरणले सन्नाटा छाएपछि श्रीमती र छोरी पनि केक नकाटी सुत्छन् ।
आफ्ना श्रीमानको बाहिरी केटीसँग सम्बन्ध भएको चाल पाएर श्रीमती आत्मा हत्या गर्ने मोडमा समेत पुग्छिन् तर आमालाई छोरीप्रतिको अघा द माया र छोरीको रोक्नले गर्दा आमाको आत्महत्या गर्ने प्रयास विपल बन्छ ।
जुन दृश्यले दर्शकलाई भावुक बनाउँछ । आफ्नै स्वरको गीतमा आफैँले अभिनय गरेकी प्रतिभासँग भिडियोमा अन्य कलाकारहरू मोहन श्रेष्ठ, अश्मिना घिमिरे सङ्गीता श्रेष्ठ,प्रेम श्रेष्ठ र बाल कलाकार समृद्धि सिलवालको भूमिका रहेको छ ।
