तीन-तीन वर्ष एउटै कक्षामा पढ्छु भन्दा लाज लागीसक्यो :संगिता

 म संगिता पहरी ब्याजलर प्रथम बर्ष २०७६को ब्याज २०७७/२०७८पनि ब्याजलर प्रथम बर्ष नै हो । कति भन्नु फस्ट फस्ट यएर /फस्ट यएर भनेर लाज पो लाग्न थाल्यो / निजी बिद्यालयका साथीहरु खुड्किला चढि रहेका छन् । अनलाइन प्रणाली बाटै। एस.ई. इ /प्लस टु पनि चढी रहेका छन् । अनि हामी ब्याजलका विद्यार्थीहरु चाहि किन जहाँ को त्यहि न घरको न घाटको ।

कति दु:ख ,मिहेनत गरि कमाएको पैसा पढ्नको लागि नै लगानी गर्यौ गाउँ बाट बुवाआमाले खाई नखाई ऋण काटी पठाउनु भएको पैसा पनि पढ्नकै लागि खर्चियौ।
पढाईको स्तर हेर्ने हो भने केहि छैन । पढाईकै लागि भनि कति समय खटाएका थियौ । आखिर ति सब केका लागि तिन बर्ष भै सक्यो एउटै बुक पढेर दिमाख मा नि किताबी ज्ञान भन्दा नानाथरीका ज्ञान बढी सेभ छ । शिक्षा बिभागले नै ब्याजलरलाई ध्यान दिएका छन् न कलेज प्रशासनले नै ।

नेताहरूलाई विद्यार्थीहरुको भबिस्य भन्दा बढी चिन्ता कुर्सी र पदको भएसी विद्यार्थीहरुको भबिस्य उज्ज्वल कसरी हुन्छ। खुसीको खबर परिक्षा हुने भयो टि यु बाट सुचना प्रकासन भयो। २०७८ जेठ १२गते बाट जेठ २० गत्तेसम्म परिक्षा फाराम अनलाइन बाट भरि सक्नु पर्ने रे । के तपाईहरुलाई यो हुन्छ आधिकारिक लायो । मलाई त बिल्कुलै लागेन किनकी अधिकान्स गाउँ बाट पढ्न भनि शहर पसेका दुर्गम भेगका विद्यार्थी हरु कोरोनाले गर्दा लकडाउन भएको कारण पुनः गाउनै फर्केर गएका छन् ।

दुर्गम भेगमा फोन गर्न त सम्भावना छैन अनलाइनबाट फारम कसरी भर्लान कतिपय विद्यार्थीहरुको सम्पुर्ण डकुमेन्ट हरु आफु बस्ने अस्थायी स्थान मै छाडी गाउँ गएका छ्न । यो लकडाउन मा कसरी शहर आउन सक्लान् र अनलाइन फारम भर्लान विद्यार्थी को यो समस्या कस्ले बुज्ने हो।