बाँकेमा साढे ४ किलो सुनसहित दुई जना पक्राउ

बाँके : नेपालगञ्जबाट ४ किलो ९२९ ग्राम सुन सहित दुई जना प्रकाउ परेका छन् ।प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका बाँके प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार न्यूरोमा रहेको न्यू इन्द्रेणी होटलबाट उनीहरुलाई पक्राउ गरिएको हो ।घटनाका बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोष सिंह राठौरले जानकारी दिए ।