प्रधानमन्त्री प्रचण्ड र बेलायती राजदूत पोलिटबिच भेटवार्ता

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग नेपालका लागि बेलायतकी राजदूत निकोला पोलिटले शिष्टाचार भेटवार्ता गरेकी छन् ।

राजदूत पोलिट प्रधानमन्त्रीसँग शिष्टाचार भेटका लागि प्रधानमन्त्री निवास बालुवाटर पुगेकी हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार भएको भेटमा दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने विषयमा छलफल भएको थियो ।