स्थापना दिवसको अवसरमा लमजुङ -रुपन्देही एकता समाजले रक्तदान कार्यक्रम गर्दै

रुपन्देही : आफ्नो दोस्रो स्थापना दिवसको अवसरमा लमजुङ -रुपन्देही एकता समाज, रुपन्देहीले “रक्तदान गरौं प्राण बचाऔं” भन्ने मुल भावका साथ बृहत रक्तदान कार्यक्रममा आयोजना गर्ने भएको छ।

कार्यक्रम २०७९ साल पुष १६ गते (तदनुसार ३१ डिसेम्बर २०२२) शनिवारकाे दिन बिहान ९ बजे देखि सनशाइन आवसिय माध्यमिक विध्यालयको प्राङगण, सि.न.पा.-८, रुपन्देहीमा हुन गहिरहेको कुरा कार्यक्रमका संयोजक तथा समाजका सक्रिय सदस्य रुपेन्द्र अधिकारीले जानकारी दिएका छन् ।

बिगतमा पनि विभिन्न अवसरमा समाजले नियमित,आकस्मिक र खुल्ला रक्तदान कार्यक्रम,राहत बितरणका कार्यक्राम, जनचेतनामूलक कार्यक्रम लगाएत विभिन्न सामाजिक सद्भाव तथा उपकारका कार्यहरुमा अग्रसर हुँदै आएको समाजका अध्यक्ष डा.ज्ञानदेब हटुवालले जानकारी दिएका छन् ।

साथै रक्तदान गर्न इच्छुक र सक्षम सबैलाई कार्यक्रममा उपस्तिथि भएर कार्यक्रममा सहयोग गरिदिनुहुन पनि आग्रह गर्नु भएको छ।