सन्तोष पन्तकोको ` चिसो सिरानी ´ सार्वजनिक ( भिडियो सहित )


निराज रानाभाट
चितवन : सन्तोष पन्तको शब्दमा  रहेको ` चिसो सिरानी ´आज सार्वजनिक भएको छ ।उक्त गीतमा चर्चित गायक विक्रम परियार र चर्चित गायिका सुनिता बुढा क्षेत्रीकाे स्वर रहेको छ । उक्त गीतमा सन्तोष पन्त र शंकर पन्तको शब्द रहेको छ भने , शंकर पन्तकाे संगीत रहेको छ ।

त्यस्तै , उक्त गीतमा सन्तोष पन्त र खुसी थापाको अभिनय रहेको छ । गीतको कथा तथा निर्देशन जेरी भण्डारीले गरेको छन् , भने करण चैसिरकाे सिनेमाटोग्राफर रहेको छ ।

त्यसैगरी , उक्त गीतकाे एरेन्ज सुनिल परियारले गरेका छन । गीतमा मिक्स तथा मास्टर खडक बाजुलारी रहेका छन् । गीतको सम्पादन सुजन कोइरालाले गरेका छन् ।

गीत शुक्रबार ( आज ) सन्तोष पन्त युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।उक्त गीतमा मिडिया पार्टनरकाे रूपमा भिजन न्यूज नेपाल लगायत अन्य विभिन्न अनलाइन मिडिया रहेका छन ।