थिमि नगरपालिकाले माग्यो करारमा कर्मचारी

 

काठमाडौं : भक्तपुर स्थित थिमि नगरपालिकाले आवश्यक कर्मचारी पद पूर्तिका लागि करार सेवामा दरखास्त आव्हान गरेको छ ।

नगरपालिकाको पदपूर्ति समितिले एक सूचना जारी गर्दै विभिन्न पदमा १६ जना कर्मचारीको लागि दरखास्त आव्हान गरेको हो ।

योग्यता पुगेका नागरिकले १५ दिनभित्र प्रशासन शाखामा आइ पुग्ने गरी दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।