बागलुङमा तीन वटा ठूला भूकम्पको झड्का

बागलुङ : बागलुङमा तीन पटक भूकम्पका ठूला झट्का महसुस गरिएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बागुलङलाई केन्द्र बनाएर ४ दशमलव ७, ५ दशमलव ३ तथा ४ म्याग्निच्यूटका तीन भूकम्पको झट्का महसुस गरिएको हो। केन्द्रका अनुसार बागलुङको अधिकारी चौरको वरपर गएराति १ बजेर २३ मिनेटमा ४ दशमलव ७ म्यान्च्यिूटको भूकम्प गएको थियो।

यस्तै बागलुङकै खुंगामा केन्द्र बनाएर राति २ बजेर ७ मिनेटमा ५ दशमलव ३ म्याग्निच्यूटको भूकम्प गएको केन्द्रले जनाएको छ। त्यसपछि बुधबार बिहान बिहान ३ बजेर २८ मिनेटमा अधिकारी चौर नै केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको जनाइएको छ।