काठमाडौंबाट चुनाव हारेको एमालेको रिसको शिकार बने महानगर प्रहरी 

काठमाडौं, भक्तपुर र ललितपुर गरेर जम्मा १५ वटा निर्वाचन क्षेत्र छन् । मंसिर ४ गतेको चुनावमा नेकपा एमालेले काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ र ललितपुर निर्वाचन क्षेत्र नम्बर २ मात्र हात पार्यो । अन्य सबै क्षेत्र एमालेले गुमायो । २०४८ देखि २०७४ सालसम्म निरन्तर चुनाव जित्दै आएको क्षेत्रबाट पनि एमालेले हात हटाउनुपर्यो । २०७९ सालको चुनावमा एमाले धेरै क्षेत्रबाट पराजित भयो ।

एमालेले काठमाडौंमा चुनाव हार्नुको कारण महेश बस्नेत हुन् । उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई ठिक पार्ने भन्दै धम्काएका थिए । बस्नेतले मेयर शाहलाई चुनौती दिएका थिए । उनलाई त्यति गाली गर्दा वा तर्साउन खोज्दा काठमाडौंका मतदाताले एमालेलाई ठिक पारिदिए । यता, भक्तपुर क्षेत्र नम्बर २ बाट बस्नेत पराजित हुनुको कारण पनि यही हो ।

मेयर शाहलाई गाली गरेपछि त्यो कुराले काठमाडौंको मात्र नभई भक्तपुरका जनताको पनि मनमा परेको थियो । भक्तपुरका मतदाताले त्यसैले बस्नेतलाई ठिक ठाँउ देखाइदिएका हुन् । राजनीतिक दलका मेयरले केही काम नगरेपछि काठमाडौंका मतदाताले स्वतन्त्र चुनेका थिए । बालेनलाई ६३ हजार १६७ मत दिएर विजयी गराएका थिए । बालेनले विजयी हुनेबित्तिकै देशभरका जनता उत्साहित भएका थिए ।

उनले मेयरको शपथ खानेबित्तिकै आफ्नो कामलाई अघि बढाए । उनको काम देखेर देशभरका जनता हर्षित भएका थिए । उनले सबैको ध्यान आफ्नोतिर खिचेका थिए । काठमाडौंको मतदाताको शिर ठाडो भएको छ । भुरादेखि बुढासम्म सबै बालेनको पक्षमा देखिन्छन् । आफू जुनसुकै पार्टीको भएपनि आखिर सबैलाई चाहिएको त विकास नै हो । त्यसैले पनि बालेनले के गर्छन् ? भनेर जनता पर्खिरहेका हुन्थे ।

चिया पसल, चौतारा, सार्वजनिक स्थल सबैतिर बालेनकै चर्चा थियो । बालेनजस्तो व्यक्तिले देशको मुहार फेर्छन् भन्नेमा जनता निकै नै आशावादी थिए । बालेनलाई असफल बनाउनका लागि एमालेका केशव सिंह र नेपाली कांग्रेसकी सिर्जना सिंहले फोहोरमा पनि राजनीति गरे । आफू पराजित भएको आवेग त यिनीहरुमा थियो नै । तर, यसको मार जनताले खेप्नुपर्यो ।

बालेनलाई फोहोर उठाउन दिएनन् । तर, उनी हरेक चुनौती र योजनालाई चिर्दै आफू अघि बढे । खुट्टा तान्दातान्दै पनि उनले फोहोर उठाएरै छाडे । फुटपाथभरि पसल सञ्चालनमा थियो । उनले त्यो हटाए । अहिले पैदल यात्रीलाई निकै सहज भएको छ । यता, उनले बेसमेण्ट पार्किङ पनि खाली गराएरै छाडे । काठमाडौंमा लामो समयदेखि पार्किङको समस्या थियो ।

तर, अहिले त्यसमा कमी भएको छ । बालेनले बेसमेण्ट पार्किङमा पार्क नै गर्नुपर्ने नियम बनाइदिए । वर्षौंदेखि नउठेको कर उठाउन पनि उनी सफल भए । व्यापार व्यवसायलाई अनिवार्य दर्ता गर्नुपर्ने नियम लागु गरे । सहकारीहरुले विगत लामो समयदेखि सर्वसाधारण ठग्दै आएका थिए । यसको छानबिन गर्नका लागि उनले कमिटी गठन गरेका छन् । यता, सरकारी जग्गा मिचेर वा अतिक्रमण गरेर बनाइएका संरचना हटाउन पनि अघि बढेका छन् ।

काठमाडौंका मतदाताको मत खेर नजानु नै सबैभन्दा ठूलो कुरा हो । बालेनले मतदातालाई खुसी बनाए । उनले चुनाव जितिसकेपछि हालै मात्र सम्पन्न निर्वाचनमा स्वतन्त्रहरुको ओइरो नै लाग्यो । रवि लामिछानेजस्तो व्यक्तिले बालेनले जस्तै काम गरेर देखाउँछौं भनेर भोट मागे । एमाले र महेश काठमाडौंमा चुनाव हारेको रिस बोकेर बसेका छन् । बालेनकै कारणले मैले चुनाव हारे भनेर बस्नेतको मनमा परेको छ ।

यता, एमालेका नेताहरु बस्नेतले त्यति भन्दा आफ्नो जीत गुमेको बताइरहेका छन् । जब बालेनले थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउन डोजर र महानगर प्रहरी पठाएका थिए । एमालेका कार्यकर्ता, पार्टी अध्यक्ष केपी शर्मा ओली र महेश बस्नेतका गुण्डा त्यहाँ हातहतियारसहित तयार भए बसे । आन्दोलनको भीडमा सुकुम्बासी नभई एमालेका कार्यकर्ता थिए ।

नगर प्रहरीमाथि ढुंगामुढा गर्ने र हातपात गर्ने सबै एमालेका कार्यकर्ता हुन् । ओली र बस्नेतले आफ्नो कार्यकर्ता खटाएर नगर प्रहरीको टाउको फुटाए । उनीहरुलाई मारपिट गरे । महानगरबासीले यसको विरोध गर्नुपर्छ । आफ्नो ड्युटी निर्वाह गरिरहेका नगर प्रहरीमाथि हातपात गर्ने र उनीहरुलाई घाइते बनाउने एमालेका कार्यकर्तालाई महानगरबासीले कारबाही गर्नुपर्छ ।

अबको पाँच वर्षपछिको चुनावमा एमालेले काठमाडौंबाट हात धुनुपर्छ । एमालेबाट चुनाव जितेकी उपमेयर सुनिता डंगोललगायत सबै वडाका वडाध्यक्षले हार्छन् । बालेनमाथि गरेको हर्कतको सजाय जनताले अवश्य पनि दिन्छन् । अस्तिको चुनावमा एमालेले जम्मा दुई क्षेत्रबाट चुनाव जितेको छ । अब आउने चुनावमा एमालेले शुन्यमा झर्छ । एमालेकै कारणले गर्दा सुकुम्बासीको नाममा सरकारी जग्गा कब्जा गरेर बसेकालाई हटाउन सकिएन् ।

महानगरलाई असफल गराउन खोज्ने एमाले भएको देशभरका जनताले थाहा पाइसकेका छन् । महानगर प्रहरीले देखाएको आँट र हिम्मतलाई जनताले मानेका छन् । जनताले नगर प्रहरीलाई सलाम गर्नुपर्छ । सुकुम्बासी भनेर हुकुमबासीहरु सरकारी जग्गा मिचेर बसेका छन्, तिनलाई हटाउन नगर प्रहरीले कोसिश त गर्यो । यो नै ठूलो कुरा हो । सुकुम्बासी भनेर काठमाडौंमा घर भएकाहरु छन् ।

छोराछोरी डाक्टर, ईन्जिनियर भएकाहरु पनि सरकारको सम्पत्ति मिचेर बसेका छन् । मेयर बालेनले जसरी भएपनि सुकुम्बासी हटाउनुपर्छ । बालेनको डोजरको खाँचो बागमती किनारलाई छ । सुकुम्बासी बस्ती तुरुन्त हटाइयोस् । राजनीतिक दलहरुले सुकुम्बासीलाई भोट लिने भाडो बनाएका छन् । मेयर बालेन र महानगर प्रहरीले सुकुम्बासी हटाउन सकेनन् भने यो एमालेका लागि भोट माग्ने मौका बन्छ ।

बालेन र नगरप्रहरीले केही गर्न सकेनन् भन्दै उनीहरुले अर्को चुनावमा यसलाई चुनावी ऐजेण्डा बनाउँछन् । सुकुम्बासी हटाउन पुगेका नगर प्रहरी र डोजरलाई लखेटेपछि एमालेका कार्यकर्ताहरुको मनोबल बढेको छ । अर्को चुनावमा काठमाडौंमा एमालेकै मेयर आउने दाबी गर्न थालिएको छ । ओलीको यस्तै कोठे राजनीतिले गर्दा एमाले सखाप भयो । एमाले फुटेर टुक्राटुक्रा भयो ।

काम नगर्ने अनि गुण्डा भाषाको प्रयोग गर्ने एमालेका वरिष्ठ भनिएका नेताहरु भित्तामा पुगे । महानगरको मेयर बालेनलाई ओलीले जथाभावी भनेका छन् । यसको क्षति ओलीले पाँच वर्षपछि पाउनेछन् । हेक्का नराखिकन उनले बालेनलाई भलिभाँती सुनाए । यसको असर उनलाई नै पर्नेछ । सुकुम्बासीको नाममा सरकारी सम्पत्ति दोहन गर्नेलाई राजनीति दलकै संरक्षण छ भन्ने त ओलीको भाषण सुनेरै प्रष्ट भइसकेको छ ।

तीन वटा घर भएका सुकुम्बासी बस्तीमा छन् । आफ्नो घर भाडामा लगाएर सरकारी सम्पत्ति लुट्न पल्केकालाई ठिक ठाँउमा पुर्याउनुपर्छ । बिसौं रोपनी जग्गा भाडामा लगाएर सरकारी जग्गा मिच्न पाइन्छ ? सुकुम्बासी भन्दै सरकारी जग्गा आफ्नो नाममा ल्याउने अनि त्यहाँ घर बनाएर भाडामा दिने । यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्छ । यहाँ सुकुम्बासी कोही पनि छैन् ।

नाटक देखाएर सरकारी जग्गा खान पल्केकाहरु । यस्तैलाई ओली साथ र समर्थन गर्छन् । सुकुम्बासी टोलमा बस्ने पनि सबै गुण्डा, ओली पनि गुण्डा । अनि कुरो त मिल्ने भइहाल्यो नि । केही सोचाइ नभएको व्यक्ति कसरी दुई चोटि प्रधानमन्त्री भए ? सरकारको सम्पत्ति साँच्न होइन् मास्नतिर लागेको छ, एमाले । काम नै नगरीकन जग्गा पाउने भएपछि अरु के चाहियो ?

सरकारी जग्गा कसले ओगट्दैन् ? हातखुट्टा हुने मान्छेलाई कसरी सुकुम्बासी भन्ने ? काम गरेपछि पैसा कमाइछ, पैसा कमाएपछि जग्गा किन पाइन्छ । के यिनीहरुको हातखुट्टा भाँचिएको छ ? खुकुरी बोक्न सक्नेले काम गर्न सक्दैनन् ? दुःख नगरीकन जग्गा पाउने भएपछि किन सुकुम्बासी नबने ? सित्तैमा जग्गा पाइन्छ ? सरकारले सुकुम्बासीलाई जग्गा दिने नीति नै गलत छ ।

सुकुम्बासीको नाममा जति सरकारी जग्गा बाँडेको छ, त्यो सब सरकारकै नाममा फिर्ता ल्याउनुपर्छ । उसले काम गरेन् भने राज्यलाई राजस्व पनि आँउदैन् । उनीहरुलाई त्यही लत लाग्दै गएको छ । अरुले दmुख गरेर जग्गा किनेर घर बनाएर बसेका छन् । कोठा लिएर बसेका छन् । यिनीहरु कोठा लिएर बस्नु हुँदैन् ? सुकुम्बासीको नाममा राजनीति गर्नेहरुलाई लगेर कोच्नुपर्छ ।

भूमि आयोग पनि सरकारले तुरुन्त खारेज गर्नुपर्छ । आन्दोलन गरेर भरमा जग्गा पाउने भए सबैले आन्दोलन गरौं । किन दुःख गर्ने ? भूमि आयोगका प्रतिनिधिहरु सरकारी सम्पत्ति बचाउन होइन्, सिद्धयाउन आएका हुन् । यिनीहरुले अहिले भूमि बाँड्छन्, भोलि त्यहीबाट राजनीति गर्छन् । राजनीति दलको कारणले सरकारी सम्पत्ति मासियो । मेयर बालेनले आफ्नो क्षेत्राधिकारभित्र रहेको सरकारी जग्गा खाली गर्नुपर्छ ।

यस्तो जाबो आयोगको कुरा सुनेर केही हुनेवाला छैन् । बालेनको डोजर स्टार्ट गर्न ढिला भइसकेको छ । सुकुम्बासी हटाएरै छोड्नुपर्छ । यहाँको सुकुम्बासी हटाइयो भने देशभरकै स्थानीय तहले सुकुम्बासी हटाउँछन् । यसमा दयामाया, वार्ता गर्न मिल्दैन् । रोएर जग्गा पाइन्छ ?

-अनुसा थापा
भक्तपुर