चितवन जिल्लामा ७६ जनामा डेँगु सङ्क्रमण

निराज रानाभाट
चितवन : पछिल्लो २४ घण्टामा ७६ जनामा डेँगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार हालसम्म सङ्क्रमितको संख्या ५ सय २१ पुगेको छ ।

जसमध्ये भरतपुर महानगरपालिकाका ३ सय ४६ जना , रत्ननगर नगरपालिकाका ७२ जना , खैरहनी नगरपालिकाका ४८ जना , राप्ती नगरपालिकाका २६ जना , कालिका नगरपालिकाका १५ जना , माडी नगरपालिकाका ९ जना र इच्छाकामना गाँउपालिकाका ५ जना रहेका छन् ।

त्यस्तै , ठेगाना नखुलेका १ र अन्य जिल्लाबाट १३ जना रहेको छन् ।