डिन दैलेखले बुझायो प्रशासनलाई ज्ञापनपत्र

दैलेख : डिप्लोमा ईन्जिनियर्स एशोसिएसन नेपाल (डिन) दैलेखले जिला प्रशासन कार्यालयलाई ज्ञापन पत्र बुझाएको छ ।

विगत लमो समय देखि विभिन्न स्थानिय तहमा करार सेवामा कार्यरत रहि कामकाज गर्दै आइरहेका दक्ष अनुभवी प्राविधिक कर्मचारीहरुको कुशल कार्यसम्पादनमाथि आँच आउने गरि हटाई सोहि पदमा पुनः विज्ञापन गरि नया पदपूर्ति गरि बदनियत कार्य गरेको ध्यानाकर्षण गराउदै बुधबार जिला प्रशासन कार्यालय दैलेखका प्रमुख जिल्ला अधिकारि गोगन बहादुर हमाल समक्ष ज्ञापन पत्र बुझाएको हो ।

खालि पदहरु लोकसेवा आयोगबाट पदपूर्ति गर्ने माहोल हुदाहुदै पनि लोकसेवा आयोगसंग माग नै नगरि करारलाई निरन्तरता दिई आफुखुसि कर्मचारीहरु भर्ना गर्न रोक्न र विगत लामो समय देखि कामकाज गर्दै आईरहेका दक्ष अनुभवी प्राविधिकहरुलाई लोकसेवा आयोगबाट पदपूर्ति नहुन्जले समका लागि यथास्थानमा कामकाज गर्ने वातावरण सिर्जना गर्न माग राख्दै आफ्ना मागहरू पुरा नभएर सिंगो प्राविधिक जगत माथि नै ठेस पुर्याएमा जुनसुकै किसिमको आन्दोलनमा पनि होमिन सक्ने कुरा डिन दैलेखका अध्यक्ष हेमा खडकाले ज्ञापनपत्र मार्फत जानकारी दिएकी छन्  ।

देशभरीका ईन्जिनियरिङ प्राविधिकहरुको पेशागत हकहित प्राप्ति तथा संरक्षणका लागि वि.स. २०३७ सालमा नेपालमा   स्थापना भएको डिन नेपाल सस्तो, सुलभ, वैज्ञानिक प्रबिधि विकासका लागि पर्यत्नशिल रहदै, देशभर यत्रतत्र छरिएर ईन्जिनियरिङ सेवाका प्राबिधिकहरुविच सुमधुर सम्बन्ध कायम राख्दै राष्ट निमार्णको कार्यमा गतिशीलता ल्याउने उदेश्यका साथविगतका दिनहरु देखि आफ्नो कार्यदिशा बमोजिम संघर्ष गर्दै आईरहेक छ।