दयाहाङ राई र बेनुकालाई पुत्र लाभ

निराज रानाभाट
काठमाडौं : चर्चित अभिनेता दयाहाङ राई दोस्रो सन्तानको पिता बनेका छन । पत्नी बेनुकाले असाेज ०७ गते, शुक्रबार ( आज ) बिहान राजधानी काठमाडौंको बसुन्धारास्थित इशान अस्पतालमा छोरालाई जन्म दिएकी हुन् । दयाहाङ दम्पतीबाट यसअघि पनि एक छोरा छन । पहिलो सन्तान जन्माएको १० वर्षपछि दयाहाङ पुनः बुवा बनेका हुन् ।

‘अहिले बेुनका र बाबु दुवै जनाको स्वास्थ्य राम्रो छ,’ अस्पतालबाट दयाहाङले भने, ‘निकै खुसी छु । सुटिङबाट भर्खर अस्पताल आएको हुँ । केही समय यतै रहनेछु ।’ चलचित्र ‘कबड्डी’ निर्देशक रामबाबु गुरुङको निर्देशनमा छायांकन भइरहेको फिल्म ‘फूलबारी’ सेटबाट दयाहाङ सिधै अस्पताल पुगेका हुन् । अहिले उनी अस्पतालमै रहेर पत्नीको स्याहारमा छन ।

वि.सं. २०६५ सालमा दयाहाङ र बेनुकाले विवाह गरेका थिए, भने वि.सं. २०६९ सालमा पहिलो सन्तानको रुपमा छोरालाई जन्माएका थिए । गायिका समेत रहेकी बेनुका पछिल्लो समय घर सम्हाल्दै आएकी छन् । दयाहाङ भने अभिनय करिअरमा व्यस्त छन । दयाहाङ अभिनित चलचित्र ‘दुई नम्बरी’ यहीँ असोज २१ गते प्रदर्शनको तयारीमा छ ।