सिजी ल्याण्डमार्क भरतपुरमा भोलि सांगितिक उत्सव हुदै : चर्चित कलाकारहरु चितवनमा

निराज रानाभाट
चितवन : चितवन जिल्लाको भरतपुर महानगरपालिका – १० मा रहेको सिजी ल्यान्डमार्कमा रहेको होटल चितवनमा असाेज ८ गते , शनिबार ( भाेलि ) भव्य सांगीतिक कार्यक्रम हुने भएको छ । नेपाली हिन्दुहरुको महान चाडपर्व विजया दशमी , शुभ दिपावली र छठ पर्व जस्ता प्रमुख चाडपर्व आगमनको अवसर पारेर म्युजिक एसोसिएसन अफ नेपालले सांगीतिक कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा नेपाली संगीत जगतका प्रतिष्ठित व्यक्तित्वहरु शम्भुजित बाँसकोटा , आनन्द कार्कीलगायतको सांगीतिक प्रस्तुति रहने आयोजकले जानकारी दिएको छ ।

फेस्टिभ मुड नाम दिइएको सांगीतिक कार्यक्रममा नयाँ पुस्ताका चर्चित गायक , गायिकाको पनि प्रस्तुति रहने बताइएको छ ।

कार्यक्रममा मिलन नेवार , टिका प्रसाईं , विश्व नेपाली , सुरेश लामा , मञ्जु थापा , राजा राजेन्द्र पोख्रेल र मेलिना मैनालीलाई पनि प्रत्यक्ष सुन्न पाइने छ । सबै कलाकारहरु असाेज ०७ गते , शुक्रबार ( आज ) नै चितवन पुगिसकेका छन् । उक्त सांगीतिक कार्यक्रममा नेपाल टेलिकम , एनआईसी एसिया बैँक , मदिरा ब्रान्ड रोयल स्ट्याग ह्विस्की , नेपाल वायुसेवा निगमलगायतको सहयोग छ ।