आज देखि वीरगंजमा मधेस प्रदेश स्तरीय बुद्धिचाल छनौट प्रतियोगिता शुरु

वीरगंज : नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आज देखि वीरगंजमा मधेस प्रदेश स्तरीय बुद्धिचाल छनौट प्रतियोगिता शुरु भएको छ । महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालय जनकपुरको आयोजनामा छनौट प्रतियोगिता शुरु भएको हो ।

पन्नालाल साहको अध्यक्षता एवं जिल्ला समन्वय समिती पर्साका उपाध्यक्ष पुरन प्रसाद कुर्मीको प्रमुख आतिथ्यमा प्रतियोगिता शुरु भएको हो । कार्यक्रममा चेस आरविटर तथा वीरगंज वडा नम्बर २० का वडा अध्यक्ष रामकिसोर सिंह पराग, अतिथीहरु प्रदिप श्रेष्ठ,सुरेश साह लगायतकाले धारणा राखेका थिए ।

जिल्लाबाट छनौट भई आएका १९ पुरुष र ४ महिला खेलाडी मध्ये छनौट हुने खेडाली गण्डकी प्रदेशमा हुन लागेको नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागि हुने आरविटर सिंहले जानकारी दिए ।