उपकार सेवा नेपाल वीरगंजद्वारा गीता कुमारी तत्वालाई ह्विल चेयर प्रदान

वीरगंज : उपकार सेवा नेपालद्वारा श्री रमाग्यसाह प्राथमिक विद्यालयमा एक छात्रा लाई ह्विल चेयर प्रदान गरिएको छ। सामाजिक संस्थाको सहयोगमा ह्विल चेयर प्रदान गरिएको हो।सामाजिक संस्थाको सहयोग तथा जिल्ला समन्वय समिति पर्साको सहकार्यमा ह्विल चेयर प्रदान गरिएको हो।

संस्थाकि अध्यक्ष विध्या कुमारी सरावगी(पूजा पोद्दार)ले असहाय एवं अतिविपन्नलाई सहयोग गरिएको संस्थाकि अध्यक्ष सरावगीले बताइन।यस संस्थाले हरेक समस्या समाजिक कार्यमा अग्रसर रहि कार्य गर्दै आईरहेको छ।

खास गरि यो संस्थाले अरुको दृष्टिबाट बन्चित रहेको असहायलाई सहयोग गर्ने गरेको सरावगिले बताएकी छिन। सरावगी आजको समयमा सबै भन्दा फरक विचार भएकी पुन्यात्मा रहेकी छिन।

आजको समयमा मानिस संग मानवता नभएर दानवको प्रवृति भएकोले एकार्काको रक्तपिपासु भएर ज्यान समेत लिनुको साथै दिनहु हत्या हिन्सा बलात्कार गर्ने गरेको खबर पनि सुनिने तथा अखबारहरुमा हेर्ने गरिन्छ। त्यस्तै ठिक सतयुगको पुन्यात्मा जस्तै रहेकी सराबगिले सबै लाई भलो गर्ने गरेकी छिन।

श्री रमाग्यसाह प्राथमिक विद्यालय भेदिहरवाको छिपरमाई पर्सामा अध्ययनरत कक्षा ३ कि १३ वर्षीय गीता कुमारी तत्वालाई एउटा ह्विल चेयर प्रदानगरि सहयोग गरेका छन्। अध्यक्षस् विध्या कुमारी सरावगी(पूजा पोद्दार) सदस्य सजन अग्रवाल ,समाजिक संस्था बाट कंचन कुमारी श्रीवास्तव र स्कूलका प्रधानाध्यापक सुरेश साह लगायतका रोहवरमा हस्तान्तरण गरिएको हो।