गठबन्धनका शीर्ष नेताको बैठक बस्दै

काठमाडौं : सत्तारुढ पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सोमबार बिहान बस्दैछ । सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार गर्न शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको हो ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालका अनुसार सिट बाँडफाँटका लागि गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ । कार्यदलले धेरै कुरा मिलिसकेको र मिल्न बाँकी कुरामा आज छलफलबाट टुङ्गोमा पुग्ने गठबन्धनका शीर्ष नेताको तयारी छ ।