सर्लाही बरहथवामा नहरमा डुबेर एक किशोरको मृत्यु

सन्तोष यादव
सर्लाही : जिल्लाको बरहथवा नगरपालिकामा एक किशोरको नहरमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ। बरहथवा नगरपालिका-८ टाँडीस्थित सोती खोलाको नहरमा डुबेर धनकौल गाउँपालिका-७ घर भएका वीरेन्द्र यादवका १५ वर्षीय छोरा शिवजी यादवको मृत्यु भएको हो।

ईलाका प्रहरी कार्यालय बरहथवाका डीएसपी मुकेश झॉका अनुसार शिवजी बरहथवा स्थित जनता माविमा कक्षा ८ मा पढ्ने विद्यार्थी हुन्। बरहथवामा डेरामा बसेर पढ्दै आएका उनी बुधबार दिउँसो साथीहरुसँग पौडी खेल्न नगरमा गएका थिए। पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका उनको बुधबार साँझ डुबेको ठाउँभन्दा केही तल शव फेला परेको छ। यति धेरै प्रहरी थियो तर कोही नहरमा पसन मानेन्न प्रहरी चौरसियासंग सोध्दा किन ढिलो गर्नुहुन्छ ।

प्रहरी चौरसियाले भने माझी ५ मिनेटमा आउछ र निकालछ। त्यसैले बरहथवा टाडीको बासीनदाले शव प्रहरीलाई नदिने भन्दै प्रहरी र बासिन्दा बिच १ घटना सम्म झडप पनि भएको थियो र डीएसपी झाले सबैलाई सम्झाइ बुझाई शव बुझेको हो। डीएसपी मुकेश झा जस्तो र बासिन्दाहरू लगनशील ईमानदार सोचेका थिए त्यतै पाएका छन् र सम्पूर्ण बासी हर्षित पनि छन्।