बुटवल ५ का युवाहरुले सञ्चालन गरे बिबीजी होटलमा ‘माम्बा’ बार

दिपेश राज नेपाल

बुटवल : देशकै बिकाशीत र आर्थिक केन्द्रले परिचित रुपन्देही जिल्ला अन्तर्गत बुटवल उपमहानगरपालिका बुटवलका ५ युवाहरुको लगानीमा एक होटल नयाँ व्यवस्थापनका साथ सञ्चालन गरेका छन ।

बुटवल-१० राजमार्ग चौराहमा रहेको बिबीजी होटललाई नयाँ व्यवस्थापन गरि विभिन्न सुविधाहरु थप गरिएको सञ्चालक विशाल काउचाले बताए । विगत ९ वर्षदेखि हङकङमा रहेर होटल क्षेत्रमा अनुभव सङ्गालेका काउँचाले नेपालमै बसेर केही गर्ने सोचकासाथ अन्य ४ जना साथीहरुसहीत नव व्यवसायीको रुपमा काम सुरु गरिएको बताए ।

सुविधा बिस्तार गर्दै होटलमा छुट्टै ‘माम्बा’ बार एण्ड रेष्टुरेन्ट सञ्चालनमा आएको छ । गेम बारको रुपमा रहेको उक्त बारमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकूदहरुको प्रत्यक्ष प्रसारणको मजा लिन सकिने बताइएको छ । यसैगरी समय-समयमा लाइभ म्युजिकको सेवा समेत उपलब्ध गराइने सञ्चालकहरुले बताएका छन् ।

युवाहरु मिलेर पूँजि एकीकृत गरि व्यवसायिक सफलतासहित आर्थिक रुपमा सफल बन्न सकिने दाबी होटल तथा रेष्टुरेन्टका सेवालाई नयाँ शैली तथा ग्राहकको परिवर्तित चाहना अनुसारका सेवा प्रदान गर्नुका साथै मर्यादित बनाउन पनि उत्तिकै आवश्यक रहेको उल्लेख गरे ।

पर्यटन व्यवसायका रुपमा रहेको होटल व्यवसायमा युवाहरुको आकर्षण हुनु सकारात्मक रहने होटल व्यवसायीका केन्द्रीय सदस्य गोपाल राना बारको शुभारम्भ गर्दा बताए । ९ वटा एसी रुमसहितको होटल १० वर्षका लागि भाडामा लिएर थप ७० लाख बढी लगानी गरि नयाँ व्यवस्थापन गरिएको सञ्चालक दिपेशगुरुङले बताए ।

सिद्धार्थ राजमार्ग तथा पूर्व-पश्चिम राजमार्गको मध्यभाग राजमार्ग चौराहमा रहेको यस होटलमा आरामदायी बासका साथै नेपाली, इन्डियन, चाइनिज लगायतका परिकारहरुको स्वाद लिन पाइने गुरुङले बताए ।

बुटवलका युवाहरु रेशम काउचा, बिकास काउचा तथा मानबहादुर पुनको समेत संयुक्त लगानीमा होटललाई नयाँ व्यवस्थापनसहित सञ्चालन गरिएको हो । होटलमा १५ जनाले प्रत्येक्ष रोजगार प्राप्त गरेका छन् ।