बर्दिवास साहित्यको नयाँ शृङ्खला

यही मिति २०७९ साल  असार ४ गते शनिबारका दिन बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ३६ औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेल ( विपुल ) को  अध्यक्षतामा सम्पन्न भएको छ ।
           
प्रतिष्ठानका सचिव यशोदा श्रेष्टले सञ्चालन गरेको सो शृङ्खलामा उपउपस्थिति सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुलाई प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले स्वागत तथा शुभकामना व्यक्त गरेका थिए ।

सो शृङ्खलालाई शुभकामना दिने स्रष्टाहरुमा प्रलेस महोत्तरी अध्यक्ष नारायण घिमिरे, सदस्य नारद प्रसाद काफ्ले थिए भने यस प्रतिष्ठानका नाट्य विभागका सदस्य अनिल दहालले आफ्नो कलाकारिताको अनुभव व्यक्त गरेका थिए ।
           
यसैगरी मिथिला साहित्य प्रतिष्ठानका संयोजक विपिराज दहालले आदिकवि भानुभक्त आचार्यको साहित्यिक योगदानको चर्चा परिचर्चा गर्दै शृङ्खला सफलताको शुभकामना दिएका थिए । उक्त शृङ्खलामा प्रलेस महोत्तरीका पूर्व उपाध्यक्ष जमुना पोखरेलले पनि शृङ्खला सफलताको शुभकामनासाथै रचना वाचन गरेकी थिइन् । उक्त शृङ्खलामा जनसांस्कृतिक महासंघका केन्द्रीय विमला विकको पनि उपस्थिति थियो ।


        
सो शृङ्खलामा विभिन्न लयका गीत र कविता वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टा तथा द्रष्टाहरुमा प्रिन्स पासवान, पिंकेश यादव, दशक बलमपाकी, मोनालिसा बलप्पाकी, मेघा सिंह, माहिका थापा, मनिष महतो, रोहित भट्टराई, नवलकिशोर महतो, जीवनराज दहाल र पवन वाग्ले थिए ।
                    
प्रतिष्ठानको ३६ औँ शृङ्खलाको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेल (विपुल) ले शृङ्खलालाई भव्य र सभ्य रुपमा सम्पन्न पार्न सहभागी हुने सम्पूर्ण साहित्यिक व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरेका थिए ।