बुटवलमा मेयरको प्रचारप्रसारमा मिडिया ,संगैसंगै भएको उपप्रमुख ओझेलमा

बुटवल : लुम्बिनी प्रदेशको रुपन्देही जिल्लाको प्रमुख शहर बुटवल उपमहानगरपालिकामा दुई दशकसम्म नेकपा एमालेले आफ्नो दबदबा कायम राखेको थियो तर यो पटकको स्थानीय चुनावमा एमालेका बाबुराम भट्टराईलाई साढे ७ हजार मतान्तरले पछि पारेर कांग्रेसका खेलराज पाण्डे मेयरमा निर्वाचित भएका थिए ।

बुटवल उपमहानगरपालिकामा उपप्रमुखमा भने नेकपा एमाले बाट सावित्रा देबि अर्याल निर्वाचित भएकी थिइन।निर्वाचित पछी विभिन्न कार्यक्रममा नगरप्रमुख र उप प्रमुख  सङै भएता पनि धेरै ठाउँमा उपप्रमुखको नाम आएको छैन ।

जेठ १५ गणतन्त्र दिवसको अवसरमा बुटवल उपमहानगरपालिकामा सरसफाईकर्मी मजदुर संग सहभोज हामी संगै थियौ तर केहि मिडियाले गणतन्त्र दिवसमा बुटवलका सरसफाईकर्मी मजदुरसंग मेयरको सहभोज भनेर न्युज बनाएको र मिडियाकर्मी ब्याक्ति केन्द्रित भएकोमा दुख व्यक्त गरेकी छन्  ।

नगरउपप्रमुख ले मिडियाकर्मी ब्याक्ति केन्द्रित नहुन पनि र सत्यता समाचार लेख्न अनुरोध गरेकी छन्  ।