गजल : ओमकुमारी बन्जारा रानाभाट

तिम्रो कसम कट्दैन मेरो रात मेरी प्रिया
दुःखी बनायौ आज गर्दै घात मेरी प्रिया

छोडेर जाँदा आज साह्रै एक्लिएको छु म
बोलाउँदै रोएँ जनायौ जात मेरी प्रिया

दिन्थेँ जवानी साथमा हाँसेर बाँच्ने भए
आफै बिदा माग्दै छुटायौ हात मेरी प्रिया

विश्वास पार्दै झूट लीलामा फँसायौ हरे
देखाइ छाड्यौ बेसरम औकात मेरी प्रिया

मायालु जे जस्तो भए होस् के गरौँ खै अब
लैजाऊ तिम्रो साथमा सौगात मेरी प्रिया

 ओमकुमारी बन्जारा रानाभाट
 काठमाडौं , नेपाल
बहर :- मुजास मुश्ईश
अर्कान – २२१२ – २२१२ – २२१२ – २१२
काफिया – आत
रदिफ – मेरी प्रिया