आजकाे माैसम : आंशिकदेखि सामान्य बदली

काठमाडौं : आज शुक्रबार मुलुकका हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीमा बदली रहनेछ। प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भूभागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति सामान्य बदलीको आँकलन गरिएको छ।

शनिबार प्रदेश १, २, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली तथा अन्य प्रदेशमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

शुक्रबार
दिउँसो – देशको प्रदेश–१, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति – देशको प्रदेश–१, प्रदेश–२ र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली रहने तथा बाँकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

शनिबार
दिउँसो –देशका प्रदेश–१, प्रदेश–२, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी प्रदेशमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश–१ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश–१ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

राति – देशभर आंशिक बदली रहने छ। गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।