आजदेखि नेपाल सम्वत ११४२ प्रारम्भ

काठमाडौं : आज देखि नेपाल सम्वत ११४२ प्रारम्भ भएको छ ।नेपाल सम्वत ( छोटकरीमा : नेसं ) नेवार समुदायमा प्रचलित नेपालको मौलिक राष्ट्रिय सम्वत् हो ।

नेपाल सम्वतका प्रवर्तक शंखधर साख्वाः हुन् । उनले नेपाल मण्डलका विपन्न जनताको ऋण तिरेर ऋण मुक्त बनाएको दिनको सम्झनामा यो सम्वत थालिएको हो ।

भक्तपुरका राजा राघवदेवको आज्ञामा वि.स‌.९३६ र सन ८७९ अक्टोबर २० का दिनदेखि सुरुवात भएको थियो । नेपालमा औपचारिक रूपले यो सम्वत चन्द्र शमशेरको कार्यकालसम्म प्रचलनमा रह्यो ।