लक्ष्मी पूजा गर्दा काठमाडौंको एक घरमा भिषण आगलागी ,५० लाखको क्षति

निराज रानाभाट
काठमाडौं : काठमाडौंमाको सिंहदरबार पुर्वी गेट बाजेको सेकुवा नजिक रहेकाे कार्की भवनमा कार्तिक १८ गते , बिहीबार( आज )आगलागी भएको छ । लक्ष्मी पूजा गर्ने क्रममा आगो सल्केको बताइएको छ ।

काठमाडौंको अनामनगरस्थित एउटा फर्निचर शो – रुम रहेको घरमा भीषण आगलागी भएको छ।महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार बाजेको सेकुवा पछाडि रहेको फर्निचरको शो – रुम भएको घरमा आगलागी भएको हो।

कार्की भवनको ६ तले घरमा आज राति करिब ८ बजेबाट आगलागी सुरू भएको परिसरले जनाएको छ।उक्त भवनको पहिलो र दोस्रो तलामा फर्निचर शो – रुम रहेको र त्यहीँबाट आगलागी सुरू भएको परिसर प्रमुख एसएसपी अशोक सिंहले बताए।

शो -रुमका सञ्चालक अशोक ढकाल हुन्। लक्ष्मी पूजा गर्दा दियो बालेर सञ्चालकले पसल बन्द गरेका थिए।

आगो निभाउन २ वटा दमकल , प्रहरी र स्थानीयले प्रयास गरिरहेको सिंहले जानकारी दिए।‘राति ०७:५० बजेबाट आगलागी सुरू भएको जानकारी पाएपछि प्रहरी टोली र दमकल आगो निभाउन प्रयासरत् छ ,’ सिंहले भने।

आगलागी लगभग नियन्त्रणमा आएको जानकारी उनले दिए। आगलागीबाट ५० लाख रुपैयाँको क्षति आँकलन गरिएको सिंहले बताए।