एमाले वडा अधिवेशन : धादिङ थांक्रेको सबै वडाको नेतृत्व सर्वसम्मत

धादिङ : धादिङको थांक्रे गाउँपालकामा नेकपा एमाले वडा अधिवेशन उत्साहजनक ढंगबाट सञ्चालन भई सबैवडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।

थांक्रे गाउँ संगठन कमिटीको आयोजनामा ११ वटै वडाको अधिबेशन संयुक्त रुपमा थांक्रे गाउँपालिकाको बालुवाफाँटमा सम्पन्न भएको हो । अधिबेशनलाई पार्टीका जिल्ला अध्यक्ष भूमीप्रसाद त्रिपाठीले सम्वोधन गर्नु भएको थियो ।

एमालेको आसन्न दशौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत वडा अधिवेशन भएको छ भने कार्तिक ९ गते पालिका अधिवेशन हुँदै छ । महाधिवेशन मंसिर १० देखि १२ सम्म चितवनमै हुँदै छ ।

हेर्नुहोस्,थांक्रे गाउँपालका अधिवेशनबाट वडामा निर्वाचित अध्यक्षहरु  ?
वडा नम्बर १
शेर बहादुर तामाङ
वडा नम्बर २
 निराजु लामा
वडा नम्बर ३
निकेश तामाङ
वडा नम्बर ४
सुवाष तामाङ
वडा नम्बर ५
क्षिजित लामा
वडा नम्बर ६
.रामचन्द्र पण्डित
वडा नम्बर ७
मुकन्द रेग्मी
वडा नम्बर ८
नबराज आचार्य
वडा नम्बर ९
श्यामचन्द्र आचार्य
वडा नम्बर १०
केशव प्रसाद रुपाखेती
वडा नम्बर ११
जिवन ग्याल्बो तामाङ