बिजनेस भिजन : स्काई सिप पब’का संचालक लक्ष्मण थापा

काठमाडौं : लामो समय भयो कोरोना कहरले व्यवसायहरु लगभग ठप्प जस्तै छन् । भर्खर बिस्तारै बजार चल्न खोज्दै छ,कोरोनाको डर त्रास’ले गर्दा मानिसहरु बजारमा खुलेर हिड्न सक्ने अबस्था बनिसकेको छैन । यस्तैमा घुम्दै जाँदा काठमाडौं शहर कै ब्यस्त ठाउ हो न्युरोड । न्युरोड गेटबाट हिड्दै जाँदा छैठो तलामा त्रिपाल जस्तो झुन्डिरहेको देखिन्छ र लेखेको छ स्काई शीप पब , अलि राम्ररी हेर्यो भने आकासमा झुन्डिरहेको पानीजहाज जस्तै देखिन्छ घरको छतमा । मलाई जान्न मन लागेर लिफ्टको सहायताले माथी गए ।

छैठो तला माथी ठुलो ठाउँ ओगटेर पानीजहाज बनाइएको छ । पानी जहाज माथी  बस्ने मेच टेबल हरु राखिएका छन्  र फोटो खिच्न निकै सुन्दर देखिने गरी ठाउँहरु बनाएको छ । त्यहाबाट लगभग पुरै न्युरोड देखिन्छ ।

मैले पानीजहाजमा बसेको महसुस गरे । साच्चै त्यो ठाउँ हेर्दा लाग्छ म पानीजहाज मै छु किन भने ठ्याक्कै पानीजहाज आकार कै बस्ने ठाउ बनाइएको छ ।

मलाइ जान्न मन लाग्यो रेस्टुरेन्ट अथवा पब कन्सेप्ट मा बनाएको स्काई शिप मा बाहिरि आवरण मात्र ठिक हो की  वा यहाको खानेकुराहरु पनि गुणस्तरीय छ ? मैले मेनुबाट छानेर कहिल्यै नखाएको २ प्रकारको म.म अर्डर गरे ।

एकैछिनमा अर्डर आइ पुग्यो मैले टेस्ट गरे , किन हो कुन्नि , अरु ठाउ भन्दा भिन्न स्वाद लाग्यो , मैले खादै स्काई शीप अनलाइनमा खोजिरको थिए , त्यहा सबै मेनु र रेट लिस्ट राखिएको थियो । मलाइ स्काई शिपको फरक कन्सेप्ट ले अथवा फरक स्वादले  भनौ यसका संचालक संग कुराकानी गर्न मन लाग्यो ।

प्रस्तुत छ स्काई शिप पबका संचालक लक्ष्मण थापा संग गरिएको कुराकानी ।

स्काई शीपको जन्म कसरी भयो ?

मैले रेस्टुरेन्ट गर्न थालेको लगभग तीन बर्ष भयो । अहिले पनि म थापाथलीमा “द एल्लो कफी एण्ड फुड रेस्टुरेन्ट” चलाइरहेको छु । मानिस हरुले अहिले केहि नयाँ खोजिरहेका छन् हामीले नया आवरण सहित गुणस्तरीय खानेकुरामा बढी केन्द्रीत भएर यो  स्काई शीप’को सुरुवात गरेको छौ ।

स्काई शीप नाम कसरी जुर्यो ?

रजिस्टर भएको न्युरोड पब प्रा.लि. हो , यसको कानुनी सबै काम प्रक्रीयाहरु न्युरोड पब प्रा.लि.मार्फत  भैरहेको छ । यसको ले आउटलुक शीप को भएको हुनाले आवरण सुहाउँदो नाम   दिनु पर्छ भनेर स्काई शीप राखेको हो  । अहिलेको समयमा सबैलाई केहि न केहि नयाँ चाहिएको छ, धेरै रेस्टुरेन्ट छन् प्रतिस्पर्धाको लागी हामीले भित्री सजावटमामा पनि ध्यान दिएका छौ । ग्राहकलाई आकर्षण गर्नको लागी पनि हामीले यो शीप बनाएको हो र त्यहि कुराले नाम जुरायो भनौ ।

कोरोनाले सबै क्षेत्रका व्यवसाय धरापमा पारेको बेला रेस्टुरेन्ट खोल्छु भन्ने कन्सेप्ट कसरी आयो ?

मैले कोरोना सुरु हुनु भन्दा ठिक एक महिना पहिले लभिम मल ललितपुरमा पनि रेस्टुरेन्ट खोलेको थिए , फुड हरुको प्रकार बढी भएको ले एक महिना राम्रै चलेको थियो । त्यसपछी ,लकडाउनले  त्यताको व्यवसाय चुर्लुम्मै डुव्यो,त्यसपछि कैले खुल्न दिने कैले मान्छे बस्न नदिने भन्ने कारणले मल संग भाडाको कुरा भएर डिस्काउन्टमा कुरा हुदा छुट नहुने भएपछी त्यहा छोड्न पर्यो । तर, त्यताको ग्राहक को फ्लो बढिरहेको देखेर ठाउ हेरिरहेको थिए ठ्याक्कै यता भेटियो,घरबेटीले लाकडाउन भयो भने केहि हेर्छु भनेको ले खोले ।

कत्तिको जोखिम लागिरहेको छ अहिले यस्तो अवस्थामा सुरु गर्दा ?

जोखिम त छ । लकडाउन भयो भने सार्है गाह्रो हुने वाला छ तर पनि घरबेटीको आस्वासन’ले गर्दा सुरु गरियो ।

 

यहाँको फरकपन के छ ? किन ग्राहक स्काई शिप मा आउने ?

एउटा त ले आउट हामीले आकर्षक बनाएका छौ । अनि हामीले क्वालिटीमा कहिले पनि सम्झौता गर्दैनौ । हाम्रो “द एलो कफी एण्ड फुड” मा पनि क्वालिटीकै कारण मान्छेहरु आइरहेको हुन्छन । अहिले मानिसहरु सस्तो भन्दा पनि हाइजेनिक फुड र सफा ठाउँ खोजिरहेका हुन्छन । हाम्रोमा त्यती महँगो पनि छैन , अरु ठाउ पाइने भन्दा थोरै बढी लिएर क्वालिटीको फुड दिने गरेको ले त्यस्तो गुनासो गरेको पाइदैन । हामीले अलि बढी लिने भनेको सर्भिस चार्ज गरेका हुन्छौ त्यही हो ।  त्यो लगभग बाहिर भन्दा १२ रुपैयाँ मात्र बढी हुन आउछ , अरु ठाउमा “ खाए खा नखाए घिच” भन्ने खालको व्यवहार भन्दा थोरै बढी तिरेर यहा आउदा राम्रै सेवा हुन्छ भने किन न आउने भन्ने पनि हुन्छ ।  एन्टीरियर भन्दा पनि क्वालिटीको खाजाको लागी मध्यनजर गरेर खोलिएको हुनाले आउन आग्रह गर्छु ।

यहाँ पाइने स्पेसल खानेकुराहरु के के हुन् ?

लगभग नेपालीहरुलाई चाहिने सबै किसिमको खाजा यहा पाइन्छ ।तर यहाको स्पेसल चाहि , सादेको म: म , कुरकुरे म:म को ग्राहक हरु धेरै आइरहेका छन् । त्यो बाहेक हाम्रोमा चिकेन फतिताज छ अनि पिज्जा जान्छ , बिरियानी खाने मान्छेहरु धेरै दोहोरिएका छन् । एकमुस्टमा भन्ने हो भने सबै खानेकूराहरु मन पराइ नै राखेका छन् र प्राय सबै खानाको लागी आउदा हुन्छ ।

तपाइको रेस्टुरेन्ट बाट कतिजनालाई रोजगारी मिलेको छ ?

“द एलो फुड एण्ड क्याफे”मा र यहा स्काई शीपमा गरेर जम्मा ३५ जना कर्मचारी छन् ।अझै हामीले यहा सोचेभन्दा राम्रो ग्राहकको फ्लो बढेको ले सर्भिस दिनको लागी थप्ने प्लान मा छौ ।

रेस्टुरेन्ट गर्नुभन्दा पहिले के गर्नुहुन्थ्यो ?

पहिले हाम्रो बुवाको गाउकै सिनेमा हलमा सानो पान  पसल थियो त्यो घाटामा गयो त्यो देखेर मलाइ ब्यापार मा खासै रुची रहेन । मैले पढेर जागीर गर्न थाले । मेरो स्वाभावका कारण धेरै टिक्न सिकिन । स्वाभाव धेरै नराम्रो त मान्दैन म तर केहि नराम्रो हुदै छ भने म भन्दा ठुलो ब्यक्ती भए पनि बोलि हाल्ने  बानि छ ।  त्यसै कारण ले पनि होला म जागिर पटक पटक गर्दा पनि नटिकेपछी सुरुमा मैले एन्सेल काउन्टर खोले,त्यसपछी कपडा पसल सुरु गरे दरबार मार्ग मा । त्यो पनि बाबुराम प्रधानमन्त्री हुदा बाटो बढाउदा सटर नै सबै काटियो अनि ठाउँ नै नभए पछी छोडे । अलि पछी एकजना साथीले बेकरीमा लगानी हालेर मिलेर चलाउने कन्सेप्ट ल्यायो र बेकरी हुदै रेस्टुरेन्ट सुरु भयो ।

आफुलाई सफल व्यवसायी मान्नुहुन्छ ?

भरखर सुरुवात गरेको जस्तो लाग्छ के सफल मान्नु ? सफल हुन बाकि नै छ ।

“स्काई शिप” अथवा “द एलो फुड” कहाँ पुग्यो भने सफल मान्नु हुन्छ ? वा भविस्यको योजना के छन् ?

यसको आफ्नै ब्राण्ड बनाउने सोच्दै छु । हामीले कतिपय बाहिरको ब्राण्ड हरुको फ्रेन्चाइच लिएर चलाईरहेका रेस्टुरेन्ट देखिरहेका हुन्छौ मैले पनि पहिले एकपटक कुरा गरेको थिए हिमालयन जाभा संग तर उहाहरुको आफ्नै सिस्टम को कारण ले गर्दा म पछी हटे । अब अहिले भने म आफ्नै “द एलो फुड एंड कफी”को आफ्नै ब्राण्ड बनाउन सक्यौ भने बल्ल आफुलाई सफल भएको महसुस होला ।

 नयाँ रेस्टुरेन्ट व्यवसाय गर्न चाहने हरुलाई तपाइको बुझाइ अनुसारको  केहि सुझाव दिन चाहनु हुन्छ ?

व्यवसाय रेस्टुरेन्ट नै गर्नु पर्छ भन्ने छैन  । आफुलाई मन लागेको व्यवसाय गर्नुहोस तर त्यसको पृष्ठभूमि बुझेर अध्ययन गरेर मात्र गर्नुस भन्न चाहन्छु । हामी काम गर्न हिचकिचाहट मानिरहेका हुन्छौ , अफ्ठेरो मान्न भएन , समय दिन सक्नु पर्यो । जस्तो तरकारी बेच्यो भने पनि नेपालमै मासिक ७०/ ८० हजार कमाइ हुन्छ तर त्यसका लागी बिहानै २ बजे उठ्न सक्नु पर्यो , तरकारी ल्याउन जान सक्नु पर्यो बिहान बेच्न सक्यो भने बेलुका बेच्यो भने  दिउसो अर्को कुनै काम गरे पनि समय मिल्छ तर अल्छी गर्न भएन  अफ्ठेरो मान्न भएन । व्यवसाय गर्ने भए त्यसको बारेमा बुझेर अध्ययन गरेर सुरु गरि हाल्न पर्छ ।

अन्त्यमा आफ्नो ग्राहक अथवा आगामी ग्राहकहरुलाई केहि भन्न चाहनु हुन्छ ?

हाहा…. आगामी ग्राहक ? “द एलो फुड एण्ड कफी” र “स्काई शीप” हजुर हरुको सेवाको लागी नै खोलिएका रेस्टुरेन्ट हुन् । हजुर हरुलाई क्वालिटीको फुडहरु र राम्रो सेवा दिन प्रतिबद्द छौ ।  त्यसैले, आउनुहोस सेवा गर्ने अवसर दिनुहोस !  धन्यवाद सबैमा ।