कथा – पहेलो पछ्यौरी – विकल्प श्रेष्ठ

      “कुनै सम्बन्धहरु यस्ता हुन्छन् जहाँ तिमी मेरै नै हौ भनेर अधिकार जमाउन अधिकार को नियमले दिदैन । माया गर्छु भनेर थाहा हुँदा हुँदै पनि माया गर्छु भनेर भन्न यो मायाको नैतिकताले दिदैन । यो कहानी मेरो जिवनमा घटेको कुनै यस्तै सम्बन्धको बारेमा हो, कुनै यस्तै नियम, कुनै यस्तै नैतिकताको बारेमा हो ।”

कुरा म बिर्तामोडको मुक्तिचोक स्थित पुर्वञ्चल बेकरीमा काम गर्दाको हो । भर्खरै बाह्रको परीक्षा दिएको थिए, रिजल्ट आइसकेको थिएन अनि घर बस्न अल्छि लागेकोले गर्दा जब लिङ्को साहराले मैले महिनाको ७००० मा पुर्वञ्चल बेकरीमा सेल्समेनको रुपमा जागिर पाए । म सङ्गै मेरो एकजना साथी पनि काम गर्थ्यो  (बर्दान ) हामीले सङ्गै बाह्रको परीक्षा दिएका थियौँ ।

त्यहा तलब कम्ती भएता पनि बिहान खाजामा कफि सङ्ग हटरोल, डुनट, ब्रावन ब्रेड जे पनि खान पाइन्थ्यो । दिउँसो मज्जाले पेट भरेर खाना र प्रत्येक शुक्रबार अण्डा अनि प्रत्येक सोमबार ब्रोइलरको मासु हुन्थ्यो । अनि साझको समय पुन एक पटक खाजा हुन्थ्यो बिहानको जस्तै । यहि नै कारण थ्यो जसले गर्दा तलब कम्ती नै भए पनि काममा पुर्ण तरिकाले मन लागिरहन्थ्यो । त्यसमाथी सपोर्टिभ सहकर्मीहरु अनि मज्जाले इज्जत गर्नु हुने, प्रोत्सहान दिनु हुने प्रल्हाद दाइ । त्यही भाउजू अलिकती कडक थिइन् तर कयौँ सकरात्मकको बिचमा एउटा नकरात्मक कुरा सहन सकिन्थ्यो ।

लगभग मैले मङ्गसिर महिनाको सोह्र सत्र गतेतिर काममा जोइन गरेको थिए । अनि हाम्रो पौष महिनाको २७ गते पिकनिक लानु भयो । बेकरीको पिकनिक बाफ्रे बाफ बियर र वाइनको त मेला लागेको थ्यो । यति भनुँ बब्बाल भएको थ्यो ।

हाम्रो पिकनिक पछि एक्दिन छुट्टि भयो अनि पर्सि पल्टको दिन पुन काममा फर्किए । हो त्यही दिन बाट यो कहानीको सुरुवात भएको थ्यो ।

बिहान नौ बजे काममा आए ।

हल्का कामहरु गरे पछि लगभग साढे दश बजेतिर बेकरीमा पोछा लगाउने बेला भयो । हाम्रो पोछा लगाउने पनि एक्दम राउन्ड वाला सिस्टम थ्यो पालै पालो । त्यो दिन सायद शशी, इश्वर अनि मेरो साथी बर्दानको पालो थ्यो । उनिहरु तिनजना बाहेक हामी सबैजना बाहिर निस्क्यौँ अनि फ्लोरमा उभिएर फोन चलाइरहेका थियौँ ।

मेरो छेउमा बेकरीमै भेटिएको एउटा अति नै मिल्ने केटा थ्यो  नाम मलाइ अहिले ठिक सङ्ग याद भएन उसको तर मिल्न चाहिँ औधी नै मिल्थ्यो । कुराहरु पनि बब्बाल मिल्थ्यो ।

दुइजना फोन चलाउँदै खै के यस्तै कुरा गर्दै बसिरा थ्यौँ । त्यति नै बेला हाम्रो बेकरी सङ जोडिएको एउटा ब्याग पसल खोल्ने समय भएको रहेछ । त्यहा मैले चिनेको भन्दा पनि सदा देख्ने अनुहार दुइटा थ्यो । नाम त मलाइ थाहा छैन तर उमेरमा दुवैजना म भन्दा साना बहिनीहरु थिए । तर त्यो दिन ती दुई जना बाहेक अर्को एउटा नया अनुहारमा आँखा पुग्यो ।

निलो रङ्गको फिटिङ्ग सर्ट, कालो रङ्गको टाइट पेन्ट बब्बाल सुहाउने, अनि शरिरमा पहेलो रङ्गको ज्याकेट, घाटीमा पहेलै रङ्गको पछ्यौरी, खुट्टामा सेतो रङ्गको जुत्ता, मुखमा मार्क्स लगाएको तर आँखा साफ साफ देखिन्थ्यो रसिला रसिला, गाजल लगाएकी थिइन तर पनि निकै आकर्षक देखिन्थिइ ।

आँखाको छेउछाउको भाग हेर्दा अलि गोरि नै थिइ जस्तो लाग्थ्यो, त्यति सारो गोरि होइन तर म भन्दा चाहिँ निकै नै सेतो ।

खै के भयो ? कसरी भयो ? त्यो त मलाइ थाहा भएन तर उ प्रती त्यसै त्यसै म आकर्षित भए । एउटा यौवनको सिढिमा चढ्दै गरेको केटो पक्कै पनि उसको फिटिङ्ग टिसर्ट र टाइट पेन्टले उसको शरिरमा बनाएको आकारमा नै म सुरुमा आकर्षित भएको होला ।

मैले यति भनिरहदा हुन सक्छ मेरो चरित्रको बारेमा गलत इम्प्रेसन पर्न गयो तर त्यस्तो सोच्न आवश्यक नै छैन । स्विकार नगरेको मात्र हो तर यहाका अधिकांस प्रेमकहानीहरु सुरु हुने भनेकै शरिरकै आकर्षणले गर्दा हो । केटाहरु केटि पट्टि आकर्षित हुने पहिलो शुत्र भनेकै छातीको उचाइ र कम्मरको गोलाइ नै हो । कोहि कोहि आदर्शको धोती ओढेका महा-मुर्खहरुले यो कुरालाइ इन्कार गर्लान् तर नाइ यो एक्दम कटु सत्य हो जसलाइ इन्कार गरेर सच्याइ बदलिदैन  । यहि नै सत्य हो ।

म उ प्रती आकर्षित भएँ ।

मैले मेरो छेउमै बसेको साथीलाई पनि भने यो कुरा । त्यसले पनि हेरि नै रहेको रैछ अनि मैले कुरा अगाडि बढाए पछि त्यसले पनि भन्यो “बब्बाल माल रैछ कसम,अगाडि पछाडी बब्बाल छ ।”

हुन त म पनि यिनै कुरा प्रती आकर्षित भएको हो तर उसको बारेमा अरुले त्यसो भन्दा त्यसै त्यसै मन परेन । तर म रिसाइन अनि भन्न पनि त्यस्तो नराम्रो केही पनि भनिन ।

बरु यस्तो चाहिँ भने ‘यार त्यस्तो नभन न यार तिम्रो त बुहारी पर्छ,अब इज्जतले बोल।’

साथीले पनि अलिकती हाँस्यो र खिल्ला गर्दै भन्यो ” यार खोलाको माछा न तिम्रो न मेरो । जसले जालमा पार्यो, उसैले बाजि मार्यो ।”

मैले केही भनिन । चुप चाप लागे । केवल यति नै कि उसको फिगरमा अझै निकै बेर सम्म आँखा गाढेर उभिरहे । तर उसको अनुहार देख्न पाइन ।

भोलिपल्ट थाहा भयो कि कम्प्लेक्स भित्रको लगभग सबै केटाहरुको आँखा त्यो केटिमा परिसकेको रैछ । हुन पनि आँखा पर्नु जायज नै थ्यो । त्यति बब्बाल फिगर कसले पो ध्यान नदेला र ? त्यतिबेला सम्म मैले बुझिसकेको थिए , कम्पिटिसन तगडा छ यदि बेलैमा आफुले हात नमारे अर्कैले बाजि मार्दिन्छ ।

अनि त्यही भएर मैले अब कुनै न कुनै उपाय त सोच्नै पर्थ्यो । नत्र कम्प्लेक्समा अरु म भन्दा पनि ह्यान्डसम केटाहरु छन्, जसले बाजि मार्न सक्थे ।

अब के गर्ने ? कसो गर्ने सोच्दै गर्दा ठ्याक्कै बर्दानको माध्ययम बाट सजिलो भयो ।

मलाइ थाहा थिएन तर त्यो त्यही ब्याग पसलमा काम गर्ने एउटा बुनु सङ्ग खुब फेसबुकमा बोल्दो रैछ । नाम आरती रैछ । अनि त्यहा बाट नै मलाइ सजिलो भयो ।

मैले बर्दान सङ्ग त्यो बुनुको आइडी लिए । अनि बेलुका रुममा आए पछि फेसबुकमा बोले । केहिबेरको परिचय पछि, यताउताको कुराहरु पछि मैले कुरा अगाडि बढाउँदै भने ‘ बुनु, मेरो एउटा काम गर्दिन्छौ ?’

उसले रिप्लाइमा मलाइ अच्चम्मित बनाउँदै भनी ” लक्ष्मी दिदिको बारेमा भन्नू पर्ने होला है ”

मलाई लक्ष्मी कसको नाम थाहा थिएन । अनि मैले सोधे ‘ को लक्ष्मी ?’

उसले जवाफ दिई ” जसको बारेमा बर्दान दादा सङ्ग कुरा गर्नु भएको थ्यो ।”

मैले बुझे ।

अनि सोधे ‘उसको नाम लक्ष्मी हो र ?’

उसले जवाफ दिई ” उम्म हो त ! थाहा थिएन र ?

मैले जवाफ दिए ‘ बल्ल थाहा पाए ।’

फेरि पनि मैले नै म्यासेज गरे  ‘अब भन न त के के थाहा छ उसको बारेमा ‘

त्यसपछी उसले रिप्लाइ गरि ” हुन त अरुको बारेमा यसरी भन्न नहुने हो तर पनि बर्दान दादाको बिस्वासले गर्दा भन्दै छु । म त अप्ठेरोमा पर्दिन नि ?”

उ डराउनु जायज नै थ्यो । अहिलेको बढ्दो सक्रिय सामाजिक सञ्जालको जमानमा यसरी अरुको बारेमा छ्लफल गर्नु पनि अपराध नै साबित हुन सक्छ । तर पनि मैले उसलाइ बिस्वास दिलाउँदै भने ‘ तिमी ढुक्क भएर भन केही हुने छैन । यो कुरा तिमी र म बिचमा नै सिमित हुने छ । ढुक्क भएर भन मेरो बुनु ।’

त्यसपछी उसले मेरो कुरामा बिस्वास राखेर फरफरती भन्न थाली “नाम चाहिँ लक्ष्मी आचर्य हो, घर कहाँ हो त्यो त थाहा भएन तर त्या धर्मकाँटानिर रेन्टमा बस्नु हुन्छ, दिदी सङ्ग । अहिले उनले पनि बाह्रको परीक्षा दिनु भएको रैछ । अनि यहि मुक्तिचोकनीर कम्प्युटर सिक्दै यहाँ काम गर्नु भएको हो । अब रिजल्ट आए पछि चाहिँ बिर्तामोड छोडेर दमकमा गएर पढ्ने रे ।”

उसले यति भनी सकेपछी म्यासेज टुङ्ग्याउँदै भनी ” यति नै हो मलाइ लक्ष्मी दिदिको बारेमा थाहा भएको । अरु त केही पनि थाहा छैन ।”

तर जहाँ बाट उसको कुरा सकियो त्यहा बाट मैले मेरो दिमाग दौडाउँदै भने ‘ बुनु सुन न , मेरो एउटा काम गर्दिन्छौ ?

उसले झट्ट रिप्लाइ गर्दै भनी  “कस्तो काम नि दादा ?”

त्यसपछी मैले भने ‘मलाइ जसरी पनि लक्ष्मी सङ्ग कुरा गर्नु छ उसलाइ भन्नू कि, एकजना यहाँ बेकरीमा काम गर्ने दादा हुनुहुन्छ । पढाइ तपाईं जति नै बाह्रको परीक्षा दिएको हो । अहिले उ पनि कम्प्युटर सिक्ने भन्नू भाको छ तर बिर्तामोड नया ठाउँ भएकोले गर्दा कुन पढ्ने पढ्ने दोधार भए रे ।त्यही भएर अब तपाइले पढेकै ठाउँमा पढ्ने रे । सो उहाँ सङ्ग कुरा गर्नु रे भनेर मेरो नम्बर देउ न है !’ के था कतै मानी पो हाल्छे कि ?

यो कुरा मैले एउटा झिनो आशाको साथमा भनेको थिए अनि त्यो आशालाइ अझै कम्जोर बनाउँदै बुनुले भनिन् ” अबुइ ..! कसरी भन्नु हौ मैले डर लाग्छ । गाली गर्नु भयो भने ?”

मैले जिज्ञासा राख्दै सोधे ‘ गाली किन गर्नु र ? डराउनु पर्दैन हौ । किन डराउनु उसको ब्वाइफ्रेन्ड छ र ?

आरती बुनुले जवाफ दिइन् ” खै अब ब्वाइफ्रेन्ड त छ कि छैन थाहा छैन मलाइ त । कहिल्यै कुरा गर्नु हुन्न त्यस्तो ब्वाइफ्रेन्डको त ।”

त्यसपछी मैले भने ‘ त्यसोभए तिमी नडराउ बुनु । केही हुन्न । एकपल्ट भनी हेर यदि मानीन् भने मानिन् नत्र अरु जे गर्छु म आफै नै गर्छु ।’

मैले यति भनेपछी आरती बुनुले भनिन् “ल दादा अब तपाइले भनी हाल्नु भयो । इन्कार कसरी गर्नु ? भोलि एकपल्ट म भनि चाहिँ हेर्छु अब के भन्नूहुन्छ ?”

मैले रिप्लाइ गर्दै पठाए ‘ओके बुनु , ठ्याङ्क यु सो मच अनि बेस्ट अफ लक है ल ।’

उसले म्यासेज पठाइ “खै दादा अब अहिले देखि नै डर लाग्न थाल्यो ।”

मैले फेरि म्यासेज पठाए ‘थैट बुनु नडराउ पर्दैन केही पनि हुन्न । ढुक्क भएर भन । केही हुन्न ।’

उसले म्यासेज पठाइ ” हस दादा त्यस्तै नै होस् ।”

अनि फेरि म्यासेज पठाइ ” ल ल दादा मेरो अब पढ्नु छ । भोलि बोल्छु ल अब ।”

मैले त्यसपछी अन्तिम म्यासेज स्वरुप पठाए ‘ ओके बुनु बाइ टेक केयर ।’

उसले केही रिप्लाइ गरिन ।

भोलिपल्ट पनि काममा लक्ष्मीलाई घरी घरी देख्थे । त्यसरी नै सर्ट र पाइन्टमा आएकी थिइ । नढाटि भन्नू पर्दा जब जब उसलाइ त्यो पहिरनमा देख्थे नि खै भएको आफै आफै दाँत कुडुन्थ्यो । आङ् सिरिङ्ग भएर आउँथ्यो । शरिरमा त्यसै अनावश्यक उर्जा थपिन्थ्यो । हलचल मच्चिन्थ्यो । बडो मुस्किलले कन्ट्रोल गर्थे ।

त्यो साझ घर पुगे पछि आरती बुनुको फेसबुकमा म्यासेज आयो ” दादा, मैले तपाइले भनेको सबै काम गरिदिए । अनि तपाइको आइडियाले एक्दम काम गर्यो । उहालाइ मैले तपाइको नम्बर दिएको छु । बेलुका कल गर्छु भन्नू हुन्थ्यो । बेस्ट अफ लक दादा । राम्रो सङ्ग बोल्नु होला ।”

मैले उसलाइ म्यासेज पठाए ‘ठ्याङ्क यु सो मच मेरो बुनु तिम्रो यो हेल्पको लागि । यदि भविश्यमा अरु कुनै हेल्प चाहियो भने निर्धक्क मलाइ भन्नू है ल ।’

उसले म्यासेज पठाइ ” हस दादा , ल ल दादा मेरो अरु काम छ बाइ ल ।”

मैले म्यासेज पठाए ‘ ओके बुनु ‘

उसले केही रिप्लाइ गरिन ।

रातको करिब साढे दस भैसकेको थ्यो तर अझै पनि कल आएको थिएन । मैले ल्यापटपमा गेम अफ थ्रोन्सको चौथो सिजन हेर्दै थिए टायमपासको लागि । सिरिज हेर्दै घरी घरी फोन चेक गर्थे कतै नेट्वर्कको समस्या पो छ कि ? म यति उत्साहित थिए कि मैले बिर्से बिर्तामोड जस्तो शहरमा पनि कसरी नेट्वर्कको समस्या हुन सक्ला र ?

तर खै यो आकर्षण भन्ने कुरा नै अच्चम्मको रहेछ । मान्छेको होस नै गुमाइदिने रहेछ ।

अब त ११ बजिसकेको थ्यो । हल्का हल्का निन्द्रा लाग्न थालेको थ्यो । तर अझै पनि उसको कल नै आएको थिएन । बसेर नै घरी घरी निदाइराको थिए । त्यतिकैमा निदाएछु । तर त्यो दिन कल नै आएन ।

भोलिपल्ट आरतीलाई यो कुरा भनौँ कि भने तर फेरि उसले मेरो लागि यति गरिसकेकी छे अझै किन दुख दिनु भनेर केही पनि भनिन । बरु उसले सोधी भने पनि ‘ उम्म कुरा भयो भनेर भन्छु’ भनेर मनमनै योजना बनाए तर म चाहन्थे कि यो कुरा आरती बुनुले मलाइ नसोधोस् किनकी म झुट बोल्न चाहन्नथे । त्यस्तै नै भयो  आरतीले यो कुरा मलाइ सोधिन, मैले झुट बोल्न आवश्यक पनि परेन ।

भोलिपल्ट बिहान थाहा भएको नजिकै भएको सपिङ्ग सेन्टर ‘ सिटि सेन्टरमा ‘ फुड फेस्टिबल भएको रहेछ । अनि रातीको टायममा कन्सर्ट हुने भएछ । हुन त म दिउँसो भ्याउँदिन पनि थिए जान काम हुन्थ्यो भ्याउने भनेकै त्यही रातिकै टायममा मात्रै नै थिए ।

दिनभरीको काम सकेर राती एक्छिन् जाउँ न त भनेर फुड फेस्टिबलको कन्सर्टमा पसेँ । हुन त खासै ठुला ठुला कलाकारहरु त आएका थिएनन् तर पनि गितहरु चाहिँ बब्बाल बब्बाल बजिरहेको थियो ।

त्यहा पस्दा लास्टै पिसाब आएकोले गर्दा सुरुमा त्यही भित्रको टोइलेटमा गएर पिसाब फेरे । अनि फर्किएर आएर एक्छिन् त्यही कन्सर्ट हेर्न थाले । गितको ताल सुन्दा नाच्न त मलाइ पनि बब्बाल मन थ्यो तर कोइ साथी नभएकोले गर्दा नाच्न सकिन । एक्लै नाच्न हिम्मत पनि त आउँदैन । अनि मनभित्रको उत्साहलाइ मन भित्र नै दबाएर त्यही उभिएर अरुले रमाइलो गरेको हेरेर बसे ।

हेर्दै गर्दा अलि पर त्यही पहेलो ज्याकेट, अनि त्यही नै टाइट पेन्ट लगाएको, त्यही पछ्यौरी बेरेको केटि  तीन चार जना केटि अनि एक दुई जना केटाहरुको बिचमा उफ्रि उफ्रि नाचिरहेकी थिइ । ध्यान दिएर निकैबेर हेरिरहे । अनुहार देखिएको थिएन । पछाडी बाट उफ्रेको मात्र देखेको थिए ।

निकैबेर घोरिएर हेरिरहे ।

खै कुन स्टेप गर्दा अनुहार यता फर्काइ । भगवान मन ढुक ढुक भयो ।

लक्ष्मी नै थिइ ।

तर मैले कतै पनि सोचेको थिइन लक्ष्मीको यस्तो पनि अवतार छ होला भनेर ।

हुन पनि अति नै थिइ ।

कहिले केटिहरुलाइ अङ्गालो मारेर नाच्थी कहिले केटालाइ अङ्गालो मार्थी । कहिले छाती हल्लाउँथी कहिले कम्मर । उसको यस्तो हर्कतले गर्दा वरिपरि नाचेका केटाहरु पनि उ तिर फर्किन्दै पैसा फ्याकेको झै व्यवहार गर्थे अनि लक्ष्मि चाहिँ यो कुरामा अझ रमाइलो गर्थी । मलाइ खै किन किन उसको यस्तो बानी मन परेन तर पनि उसलाइ नै हेरेर बसिरहेको थिए ।

खै के पो गर्दा हो उसले मलाइ झल्यास्स देखि । म उसलाइ नै हेरिरहेको थिए । डर लाग्यो, मुटु ढुक्ढुक भयो । अब के हुने होला भनेर मन त्रसित हुँदै थ्यो ।

त्यतिकैमा सबै खेल नै पल्टियो जब उसले मलाइ हेरेर मुस्कुराइ । म छक्क तब परे जब उसले मलाइ हेर्दै, हातको इसाराले यता आउनु न भनेर बोलाइ । सुरुमा त म यो कुरामा कसरी रियाक्ट गरुँ भनेर अलमल्ल परे ।

तर पछि मैले पनि हातकै इसाराले सोधे  किन ?

उसले जिउ हल्लाउँदै भनी  नाच्न ।

मैले हात र टाउको हल्लाउँदै भने  नाइ ।

उसले केहीबेर जिद्धि गरि तर म नमाने पछि मलाइ याद गर्न छोडेर फेरि गितको तालमा नाच्न थाली ।

अघि सम्म डर लागिरहेको मलाइ अहिले बल्ल ढुक्क भयो । मन शान्ती भयो ।

त्यसपछी खै मलाइ के भयो भयो त्यहा बस्नै मन लागेन । मनले नै मानेन । अनि सरासर त्यहा बाट निस्केर आफ्नो कोठामा आएँ ।

अनि खानाहरु खाएर सुत्न लागेको थ्ये ।

त्यतिकैमा फोनमा नया नम्बर बाट कल आयो । मलाइ कता कता शङ्का त लागेको थ्यो लक्ष्मी नै होलि तर फेरि शङ्काहरु सहित फोन रिसिभ गरे ।

‘ हेलो ‘ उता बाट आवाज आयो ।

” हेलो नमस्ते ” मैले जवाफ स्वरुप पठाए ।

उता बाट हासेको आवाज सहित अर्को आवाज आयो ‘नमस्ते नमस्ते भाग्यमानी हुनु ‘

त्यसपछी मैले भने ” हजुर को पर्नु भयो होला ?”

उता बाट हल्का व्यङ्ग्य सहित आवाज आयो ‘ ए हजु्र ! कसैलाइ आफ्नो नम्बर दिनु भने पछि त उसको नम्बर पनि पो आफू सङ्ग राख्नु पर्छ । आफैले कल गर्नु भनेर चाहिँ अनि चिन्दै नचिन्ने यो चाहिँ भएन है ल ।’

मैले चिनी हाले, लक्ष्मि नै थिइ ।

अनि हतार हतार भने ” ए सरि सरि !  हिजो कल गर्नु हुन्छ जस्तो लाग्या थ्यो सो आज गर्नु भयो अनि थाहा पाउन गाह्रो भयो । एनिवे आयम् सरि है ।”

उसले फेरि भनी ‘ल ल यो कुरा त ठिक छ अनि अघि बोलाउँदा किन न आएको नि ?

अनि मैले भने ” अबुइ..! मलाइ नाच्नै त आउँदैन कसरी आउनु त्यहा अनि । तपाइ क्या बब्बाल डान्स गर्नु हुन्छ । अनि मलाइ चाहिँ जिउ पनि हल्लाउन आउँदैन अनि कसरी हुन्छ नि ? मेरो त बेइज्जत मात्र पो हुन्छ ।”

त्यसपछी उसले भनी ‘खुब हो नि अब हामी त डान्सको उस्ताद है बेइज्जत हुन्छ खुब । नचाहिदो कुरा ।’

मलाइ निकै अप्ठ्यारो लाग्यो किनकी लक्ष्मी म सङ्ग त्यसरी कुरा गर्दै थिइ जस्तो कि हामी बर्षौँ बाट परिचित थ्यौँ एक अर्का सङ्ग ।

म केही बोल्न सकिरहेको थिइन ।

एक त मलाइ त्यसै पनि केटिहरु सङ्ग बोल्न गाह्रो लाग्ने अझ त्यसमाथी आफ्नै क्रसले यसरी थर्काउँदा म कसरी पो जवाफ दिन सक्थे र ?

अनि केही नबोली अकमकिएर बसिरा थे। उसले नै कुरा अगाडि बढाउँदै भनी ‘अनि आरती बुनुलाइ खै के काम छ भन्नू हुन्थ्यो रे नि त ? के थ्यो भन्नुस् न त ।’

मलाइ के महशुष भयो भने ” सायद उ म सङ्ग जिस्किन चाहन्थी होला तर म बोल्न नसकेपछी मेरो क्षमता नभए पछि उसले बोर भएर कुरा घुमाउँदै म बाट किनारा हुन सिधा कामको कुरा गरेको होला ।”

फेरि त्यसमाथी मलाइ पनि अप्ठ्यारो लागेकोले गर्दा किनारा हुन खोज्दै नै उसको कुराको जवाफ दिँदै भने “उम्म , कम्प्युटर सिक्नको लागि भनेको थिए ।”

अनि उसले भनी ‘ ल ल मेरो बिहानको क्लास छ । भोलि बिहान ७ बजे भन्दा अगाडि यतै सिटि सेन्टरनिर नै आउनु अनि सङ्गै जानू पर्छ नि त हामी ।’

अब मलाइ पनि जसरी पनि उ सङ्ग नै समय बिताउन मन भएको अनि उसले नै यो अफर राखी मलाइ इन्कार गर्ने कारण नै थिएन । मैले खुशी हुँदै नै भने “हस भै हाल्छ नि ”

त्यसपछि उसले भनी ‘ल ल बिकल्प जि, म पनि आज अति नै थाकेको छु । सुत्छु भोलि भेटौँला है ।’

मैले फेरि भने ” हस् हुन्छ भै हाल्छ नि हौ । गुड नाइट लक्ष्मी जि ‘ सि यु टुमरो ।”

उसलाइ म सङ्ग बोल्न मन नै नभएको जस्तो कुनै रिप्लाइ नै गरिन । सायद थाकेको कारणले पनि हुन सक्थ्यो । अब नाच्न पनि त त्यस्तै नाचेकी थिइ, उफ्रि उफ्रि । अनि मन मनै हाँस्दै, म पनि केहिबेरमा ओछ्यानमा पल्टिएँ ।

भोलिपल्ट बिहान उसले भनेकै टायममा, उसले भनेकै ठाउँमा म पुगेँ । उ अगाडि बाट नै त्यहा रैछे ।

उसलाइ देख्दा, उसको नजिक जाँदा एउटा अच्चम्मको आभाष भैरहेको थ्यो । डर पनि लागिरहेको थ्यो, मनमा एक प्रकारको उत्साह पनि थ्यो । कसरी बोलुँ रु बोल्न कसरी सुरुवात गरुँ म दोधारमा थिए, डरले गर्दा, त्रासले गर्दा ।

तर मेरो सबै डरलाइ, सबै त्रासलाइ उसले नै सहज बनाउँदै, हात अगाडि बढाउँदै भनी ‘हेल्लो..गुड मर्निङ्ग ।’

मैले पनि हात अगाडि बढाउँदै भने “हेल्लो.. गुड मर्निङ्ग ।”

त्यसपछी उसले घडी हेर्दै भनी ‘ हामी ढिलो हुन आँटेको छौ जाउँ, हिँड्दै गफ गरम्ला ।’

म उसको आनिबानी गर्ने व्यवहार बाट एक्दम अच्चम्मित थिए किनकी उ म सङ्ग बोल्दा कति पनि डराएकी थिइन । यार ..! कोहि कसरी यस्तो हुन सक्छ । यसरी निर्धक्क भएर पहिलो पल्ट चिनेको, पहिलो पल्ट भेटेको मान्छे सङ्ग कसरी बोल्न सक्छ ।

म यिनै कुराहरु महशुष गर्दै थिए त्यतिकैमा मलाइ अर्को कुरा महशुष भयो

  “यार ..!उसलाइ किन बोल्न डर लाग्ने ? उ पो मेरो क्रस हो, लभ इन्ट्रेस्ट हो । म त उसको होइन नि । अनि किन अप्ठेरो मान्नु नि म सङ्ग बोल्न ?”

बाटोमा हिँड्दा नि उ मेरो बारेमा सोधिरहेकी थिइ, मेरो घर, पढाइ, एक्स, गर्ल्फ्रेन्ड अनेक अनेक कुरा सोधिरहेकी थिइ ।

म चाहिँ केही प्रश्न नराखी केवल उसको सवालको जवाफ मात्र दिइरहेको थिए ।

म केवल उसको आवाज सुन्दै आफ्नो अन्तर्मनलाइ चिस्यान दिइरहेको थिए । अनि केहिबेरमा हामी कम्प्युटर क्लास पुग्यौँ ।

त्यहा पुगेर बुझेपछि थाहा पाए ठाउँ खाली रैछ अनि लक्ष्मीकै सिफ्टमा भर्ना गरे, फर्म भरे अनि दिनु पर्ने पैसा दिए । अनि त्यही दिन बाट कम्प्युटर सिक्न पनि थाले ।

हो त्यही दिन बाट लक्ष्मि र म बिचमा एउटा अच्चम्मको सम्बन्ध सुरु भयो ।

म बिहानै उठ्थे । अनि हात मुख धोए पछि सिटि सेन्टर जान्थे । त्यहा लक्ष्मी पर्खिरहेकी हुन्थी । अनि सङ्गै क्लास जान्थ्यौँ । नजिक नजिक बसेर सिक्थ्यौँ । त्यहा क्लास सकिएपछी दुवै जना फर्किन्थ्यौँ, आफ्नो आफ्नो रुममा । अनि ९ बजेतिर फेरि दुवैजना काममा जान्थ्यौँ ।

अनि काम सकेर फेरि दुवैजना सङ्गै फर्कन्थ्यौँ । कहिलेकाही फर्किने बेला दुवैजना बाटोमा बदाम खान्थ्यौँ, कहिले कता ? कहिले कता ? एक्दम रमाइलो भैराथ्यो ।

उ सङ्गको आकर्षण बिस्तारै प्रेममा परिणत हुँदै थ्यो । तर आफ्नो मनको कुरा केहि पनि भनेको थिइन । किनकी उ जसरी म सङ्ग खुलेर स्पष्ट भएर बोल्थी एक्दम त्यसरी नै स्पष्ट भएर अरु केटाहरु सङ्ग नि बोल्थी त्यसैले मैले उसलाइ प्रेमको प्रस्ताव राख्ने कुनै आधार नै पाएको थिइन । तर उ सङ्गको मेलमिलाप, कुराकानीले गर्दा मैले उसको छाती र कम्मरलाइ घुर्न छोडेर उसको मुस्कानलाइ बुझ्न थालेको थिए । यति भनुँ उ सङ्गको आकर्षण अब प्रेममा नै बद्लिसकेको थ्यो । तर अफ्शोष हाम्रो भेटघाटको दुई महिना बिति सक्दा पनि उसलाइ प्रेमप्रस्ताव राख्न सकिन । न त उसले नै कहिल्यै मेरो मनको कुरा बुझ्ने कोसिस गरि । उ त अझ यस्ती थिइ कि  म सङ्ग बाटोमा गफ गर्दै हिड्दै गर्दा पनि अरु केटाहरुलाइ जिस्क्याउँथी । अनि उसको यस्तै अच्चम्मको बानीहरु बाट नै उसलाइ प्रेम प्रस्ताव राख्ने हिम्मत भएको थिएन ।

उ सङ्गैको यिनै दिनहरु बितिरहँदा हाम्रो बाह्रको रिजल्ट पनि आयो ।

हामि पास भएछौ ।

अब उ दमक जाने कुरा गर्न थाली । उसलाइ मनका कुराहरु भन्न मन थ्यो तर सकिन । अब त झन् उ जाने बेला पनि भएको थ्यो । अब जाँदै गर्दा म उसलाइ कसरी माया गर्छु भनेर भन्न सक्थे । उसको अनि मेरो दुवैको मन खिन्न बनाउन चाहन्नथे । किनकी मलाइ थाहा थ्यो उसले मेरो प्रेम प्रस्ताव स्विकार गर्दिन थिइ । अनि यसो हुँदा मेरो मन त खिन्न हुन्थ्यो नै । अझ यतिको समय हामी सङ्गै रमाइलो गर्यौँ, घुम्न गयौँ, सङ्गै खायौँ, सङ्गै काममा आउने जाने गर्यौँ, निकै समय साथमा बितायौँ अनि अन्त्यमा आएर मेरो दिल तोड्दा उसलाइ पनि नराम्रो लाग्ला । त्यसैले मैले यो प्रेम प्रस्ताव राख्ने सोचलाइ अहिलेको लागि स्थगित गर्ने सोच बनाए तर प्रेम गरिरहे, यो स्थगित गर्न मिल्दैन थ्यो ।

उ जाने दिन पनि आयो ।

उ बिहानैको नागरिक बसमा जाने भइ । उसलाइ पुर्याउन म गएँ ।

बस चढ्नु भन्दा अगाडी हाम्रो निकैबेर कुरा भयो । हुन त बिर्तामोड बाट दमक धेरै टाढा थिएन । तर पनि अब जाने आउने वातावरण मिल्दैन थ्यो । मिले पनि कुन सम्बन्धले भेट्न जाने ? केवल साथीको सम्बन्धले त कती समय पो भेट्न जान्थे र ? यहि अप्ठ्यारोपनले गर्दा पनि उ दमक जाँदा मन दुखिरहेको थ्यो ।

बसमा चढेर जानेबेलामा उसको मनमा खै के सोच आयो कुन्नि ? घाटिमा बेरिएको पहेलो रङ्गको पछ्यौरी निकाली र मलाइ दिदै भनी ‘लाउ यो राख मेरो चिनो ।’

उसले दिएको पछ्यौरी लिएर म केही भन्थे , बस हिँडी हाल्यो मैले केही भन्नै पाइन । मनको कुरा मनमै रह्यो ।

तर उसले मलाइ पछ्यौरी किन दिई ? यसको कारण के थ्यो होला ? कुनै केटिले कुनै केटालाइ त्यसै किन पछ्यौरी दिन्छ होला ? माया भएर त होला ? नभए किन दिन्थ्यो र ?

यस्ता हजारौँ प्रश्नहरुले मनमा हलचल मच्चाइरहेको थ्यो । सोधुँ त कसरी ?

फोन गरेर सोधुँ ? नराम्रो लाग्थ्यो । म्यासेज गरुँ सुहाउँदैन थ्यो । अब के गरुँ ? मन बाट आवाज आयो , केही नगर् त्यही ठिक हुन्छ । मलाइ पनि ठिकै लाग्यो । केही नगर्दा नै सबथोक ठिक हुनेछ ।

लक्ष्मी दमक गए पछि हामी बिच खासै कुरा भएन । अब उ आफ्नो काममा व्यस्त भइहोला ? कलेजमा जाने, भर्ना गर्ने, नया साथी, नया शहर नया जिन्दगी । सबथोक नया अनि यो नयै नयामा म पुरानोको याद किन आउने हो र ?

लक्ष्मि म सङ्ग बोल्नै छोडी ।

अब खै किन मलाइ पनि बिर्तामोडमा बस्न मन नै लाग्न छोड्यो । बिर्तामोड सङ्ग मलाइ लक्ष्मीको आदत बसेको थ्यो तर अब उ नै नभए पछि बिर्तामोड पनि अधुरो लाग्न थाल्यो । अनि बस्न चाहत पनि हराउँदै जान थाल्यो ।

घरमा मम्मी सङ्ग कुरा गरे अनि भने अब बिर्तामोड बस्दिन, चितवन जान्छु । मामाघरमै बसेर पढ्छु ।

मम्मिले नाइ भन्नू भएन ।

त्यसको एक हप्ता पछि म पनि चितवन गएँ ।

चितवन पुगेर, म चितवनमा छु है भनेर लक्ष्मीलाई भन्नको लागि उसलाइ फेसबुकमा म्यासेज गरे तर उसको अझै पनि रिप्लाइ आएन अनि आइडी पनि ६ दिन देखि एक्टिभ थिएन ।

दुई हप्ता बित्यो । उसको अझै रिप्लाइ आएन ।

खै किन मलाइ कता कता गलत भएको अनुभूति हुन थाल्यो ।

अब कसलाइ सोधौँ त ?

ठिक्क आरती बुनुको याद आयो । अनि उसैलाइ म्यासेज गरेर सोधे ।

सुरुमा त उसले अलि अन्कनाउँदै थिइ तर पछि मैले जिद्धी गरे पछि उसले सब कुरा भनी । म आफै पनि बिस्वास गर्न सकिन ।

लक्ष्मी दमक गए पछि आफ्नै सोल्टी सङ्ग पोइला गइ रे ।

तर यो कुरा आरतीले पनि अरु बाट सुनेकोले गर्दा मलाइ त्यति बिस्वास लागेन तर मनमा डर चाहिँ अति नै लागेको थ्यो ।

तर बिस्वास त्यति थिएन ।
अनि केही समय पछि मेरो त्यो अर्धबिस्वास पनि पुर्णबिस्वासमा बद्लियो । जब उसले फेसबुकमा रातो सारीमा, रातो सिन्दुरमा, रातो पोतेमा, रातो चुरामा आफ्नो श्रीमान सङ्ग मिठा मुस्कानका साथ फेसबुकमा फोटो अप्लोड गरि ।

क्याप्सन केही यस्तो थ्यो “जिन्दगीको नया अध्यायको सुरुवात गरेको छु । निकै खुशी लागेको छ किनकी आज मेरो प्रेम सम्बन्ध सफल भएको छ । राम्रो कर्मघर पाएकी छु । आशा छ अब जिन्दगीमा एक्लै सङ्घर्ष गर्नु पर्ने छैन । हुन त हामीले बिहे गर्न गलत बाटो रोज्यौँ तर यो बाटो रोज्दा कसैको मन दुखाएछु भने माफ गर्नु होला । बरु सब कुरा बिर्सेर हाम्रो शुभ जिन्दगीको लागि मनै बाट शुभकामना दिनु होला ।”

मैले क्याप्सन पढिरहे । केवल पढिरहेँ । त्यो भन्दा उता केही गर्नै सकिन, केवल दोहोर्याइ तेहेर्याइ पढी मात्र रहेँ ।

 

मलाइ थाहा छैन उसको सम्बन्ध कहाँ कतिबेला बाट सुरुवात भयो । जब मेरो भेट भएको थ्यो तब त उसको सम्बन्ध छ जस्तो लाग्दैन थ्यो । हामी सङ्गै हिँड्दा, सङ्गै घुम्न जाँदा कहिल्यै पनि कुनै केटाको फोन आएको थिएन, कसैको म्यासेज आएको थिएन । सायद उसले म सङ्ग सम्बन्ध सिक्रेट राखेकी भए पनि कुनै न कुनै समय, कुनै न कुनै माध्ययम बाट त जरुर थाहा पाउनु पर्ने थ्यो । तर नाइ त्यस्तो केही पनि भएन । अब म सङ्ग छुटेर दमक गए पछि सुरुवात भएको हो भने म के जानौँ ?

हुन त मैले यो सब कुराहरु सोचेर, जानेर हुने त केही होइन । उसले कदम चालिसकेकी छौ, यति भन्छु ………

“लक्ष्मि..! तिमी जहाँ रहे पनि, जसको साथमा भए पनि मेरो साथमा छँदाको तिम्रो मुस्कानको रङ्ग जस्तो थ्यो सदा त्यस्तै नै रहि रहोस् । त्यो मुस्कान कहिल्यै पनि फिक्का हुन नपरोस् । म तिम्लाइ सदा सुखी रहनु त भन्दिन किनकी जिन्दगी हो उतारचढाव अवश्य आउँछ यति भन्छु कि ती उतारचढावहरु सङ्ग लड्ने क्षमता तिमी भित्र सदा जिवित होस्, सदा बाँचिरहोस् । तिमी म सङ्ग एकदम चञ्चल थ्यौ, एक्दम निस्फिक्री थ्यौ, जो सङ्ग नि बोलिदिने, जो सङ्ग नि जिस्किदिने, जो सङ्ग नि जे पनि व्यवहार गरिदिने । हुन त जिन्दगी अब त्यसरी बित्दैन तर पनि तिमी भित्रको त्यो बचपनलाइ चाहि कहिल्यै नमार्नु । सदा त्यस्तै नै रहनु ।अब हाम्रो भेट फेरि कहिल्यै होला नहोला मलाइ थाहा छैन । तिमी कहा हुनेछौ, म कहाँ हुनेछु, त्यो पनि थाहा छैन । तर जहाँ भए पनि जहाँ रहे पनि तिम्लाइ कहिल्यै बिर्सने छैन । मेरो सम्झनामा तिम्लाइ सदा म आवाद राख्नेछु । अनि तिम्ले मलाइ दिएको त्यो पहेलो रङ्गको पछ्यौरी भगवान कसम मेरो अन्तिम प्राण सम्म पनि सम्हालेर राख्नेछु । तिमीले दिएको पछ्यौरी सदा सदा मेरो साथमा रहनेछ ।”

  • विकल्प श्रेष्ठ