माधव नेपालसहित एमालेका चारजना नेताको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता नेता माधवकुमार नेपालसहित चार जना नेतामाथि गरेको कारवाही फिर्ता गरेको छ । बालुवाटारमा आज बसेको एमाले स्थायी समिति बैठकले नेता नेपालसहित भीम रावल,सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको कारबाही फिर्ता लिने निर्णय गरेको हो ।
​पार्टी एकता कायम राख्न त्यस्तो निर्णय गरेको एमाले संसदीय दलका उपनेता समेत रहेका सुवास नेम्वाङले जानकारी दिएका छन् । बैठकले माधवकुमार नेपाललगायत असन्तुष्ट नेताहरूका मागका सम्बन्धमा छलफल गर्न अध्यक्ष केपी ओलीलाई जिम्मेवारी दिने निर्णय पनि गरेको पनि छ ।
नेपाल पक्षका सांसदहरुले सामुहिक राजीनामाको तयारी थालेपछि ओली पक्षले कारवाही फिर्ता लिने निर्णय गरेको हो । नेपाल पक्षका सांसदहरुले राजीनामा दिए काँग्रेस–माओवादी–जसपाको विपक्षी गठबन्धनलाई नयाँ सरकार गठन गर्न सहज हुनेछ । सत्ता जोगाउनका लागि प्रतिकूल अवस्था सिर्जना भएसँगै ओली आफ्नो पूर्ववत् निर्णयबाट ‘ब्याक’ भएका हुन् ।