उर्जा मन्त्री रायमाझीद्धारा अर्घाखाँची अस्पताललाई २३ थान अक्सिजन सिलिण्डरसहित स्वास्थ्य सामाग्रीहरु पठाइयो

नेपाल सरकारका उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीद्धारा अर्घाखाँची अस्पताललाई २३ थान अक्सिजन सिलिण्डर सहित विभिन्न स्वास्थ्य सामाग्रीहरु पठाएका छन् ।
मन्त्री रायमाझीले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर राख्दै आफ्नो गृह जिल्लाको लागि अक्सिजन सिलिन्डर, अक्सिजन कन्सनटेटर, सर्जिकल माक्स, सेनिटाइजर लगायतका १२ प्रकारका स्वास्थ्य साम्रगी पठाएका हुन् ।
पठाइएका समग्रीहरुमा अक्सिजन सिलिन्डर २३ थान, अक्सिजन कन्सन्टेटर ५ थान, भिटिम १८०० थान, एन्जिट ४०० थान, सर्जिकल माक्स २७०० थान, सेनिटाइजर १५ लिटर, अक्सो मिटर ७ थान, डिजिटल थर्ममिटर २० थान, पिपिए १९० थान, पन्जा २०० थान, चस्मा ५० थान र फेस सिड ५० थान रहेका छन् ।