अर्घाखाँचीको पाणिनी गाउँपालिकामा रहेको अस्थायी कोभिड अस्पतालको स्तरोन्नती

अर्घाखाँचीको पाणिनी गाउँपालिका वडा न.५ मैदानमा रहेको स्वास्थ्य चौकीलाई कोरोना महामारीको अवस्थालाई मध्यनजर राख्दै ५ शैयाको अस्थायी कोभिड अस्पतालको रुपमा सञ्चालन ल्याईएको थियो । जोखिम बढ्न थालेपछि त्यसलाई स्तरोन्नती गर्दै १० थप गरि १५ शैयाको अस्पताल सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष अच्युत गौतमले बताए ।

गौतमले तत्काललाई १५ शैयामा स्तरोन्नती गरिएको र अझै जोखिम आईहालेमा स्वास्थ्यकर्मीहरुले निरन्तर काम गर्ने र गाउँपालिकाले कोरोनाबाट हुने क्षती कम गर्न आर्थिक, भौतिक सहयोगमा कुनै कमी नरहने प्रतिवद्धता व्यक्त गरेका छन् । अस्पतालमा एमबिबिएस डाक्टर एकजना साथै स्टाप नर्स दुई जना रहेका छन् । यस्तै अस्पतालमा अक्सिजन सिलिण्डर र ल्याब समेत सञ्चालनमा ल्याईएको पाणिनी गाउँपालिका वडा न.५का वडाध्यक्ष जीवलाल घिमिरेले बताएका छन् ।