सुर्खेतमा कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव असोजमा हुने

काठमाडौं :  कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८० हुने भएको छ ।”जनजनमा चलचित्र ,मनमनमा चलचित्र ”भन्ने मुल नाराका साथ , हुने महोत्सव आगामी असोज ४,५ र ६ गते सुर्खेतमा हुनेछ ।

 

 लोगो अनावरण तथा औपचारिक घोषणा कार्यक्रममा बोल्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानबहादुर शाहीले रारा क्षेत्र जोड्ने सडकका लागि बजेट छुट्टाउन सरकारले आनाकानी गरेको बताए ।उनले आफ्नो कार्यकालभित्रै रारामा सडक पूर्वाधार जोड्ने र त्यसका लागि सडक र संसद् अवरोध गर्न पनि तयार रहेको बताए । चलचित्र क्षेत्रले हजारौँको रोजीरोटी निर्माण गरेपनि चलचित्रको क्षेत्रमा बजेट आउन नसकेको उनले बताएका छन्  ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीकी महामन्त्री कुन्तीकुमारी शाहीले अहिले देशमा केही पनि गर्ने अवस्था नरहेको तर कर्णालीका युवाहरू मिलेर यो महोत्सव सुरु गर्नु उदाहरणीय भएको बताइन् ।   उनले देशलाई चलचित्रबाट कसरी धनी देश बनाउने भन्ने अभियान सुरु गर्नु देशकै लागि गर्वको कुरा भएको बताइन् । उनले विदेशीहरू लोभिएर एक पटक नेपाल घुम्न जान पाए हुन्थ्यो भन्ने प्राकृतिक सम्पदा नेपालमा रहेको भएपनि सरकारले यस्ता क्षेत्रको उजागर गर्न नसकेको बताइन् । उनले देशलाई चलचित्रबाट कसरी धनी देश बनाउने भन्ने अभियान सुरु गर्नु देशकै लागि गर्वको कुरा भएको बताइन् । उनले विदेशीहरू लोभिएर एक पटक नेपाल घुम्न जान पाए हुन्थ्यो भन्ने प्राकृतिक सम्पदा नेपालमा रहेको भएपनि सरकारले यस्ता क्षेत्रको उजागर गर्न नसकेको बताइन् ।

महोत्सवले सरकारको नेपाल घुमौँ, नेपाल चिनौँ भन्ने अभियानमा कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटक फिल्म निर्माताहरुलाई भित्र्याउने उद्देश्य रहेको उनले बताइन् ।

सोमबार चलचित्र बिकास बोर्डमा आयोजित पत्रकार सम्मेलनमा रेडचेरी मिडिया प्राली र कर्णाली प्रदेश सरकार तथा चलचित्र विकास बोर्डको सहकार्यमा हुने महोत्सवको लोगो सार्वजनिक गरियो । महोत्सवका निर्देशक चक्रबहादुर चन्दले आगामी असोज ४, ५ र ६ गते हुने महोत्सवले स्थानीय कला र संस्कृतिलाई प्रवद्र्धन गर्ने बताए । प्रदेशलाई चिनाउने र छायाङ्कनको गन्तव्य बनाउने हाम्रो उदेश्य हो । सिनेमाको माध्यमले पर्यटनलाई प्रवद्र्धन गर्नु जरुरी देखेर महोत्सव गर्न लागेको प्रेमगीत ३ निर्माता चन्दले बताए ।

कर्णालीका कथा,जीवनशैली,भेषभुषा,कला,सस्कृति,भाषा,साहित्य,परम्परा र रितिरिवाज्लाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रबर्द्धन गर्ने लक्ष्य लिएर कार्यक्रमको आयोजना गरिएको पनि  निर्देशकर चन्दले जानकारी दिए   ।

कार्यक्रममा कलाकार तथा निर्देशक शिव श्रेष्ठ, पहिलो कमेडी च्याम्पियन हिमेश पन्त,दैलेखी सेवा समाज काठमाडौंका अध्यक्ष प्रताप साही लगायत थुप्रै कलाकार तथा पत्रकारको उपस्थीति रहेको थियो ।