ऎलिगेन्त जुम्बा जोन एण्ड डान्स स्टुडियोको आयोजनामा जेष्ठ ६ गते एकुवा जुम्बा ब्यायाम कार्यक्रम हुदै

काठमाडौं : ऎलिगेन्त जुम्बा जोन एण्ड डान्स स्टुडियो प्रालिद्धारा यहि जेष्ठ ६ गते शनिबार ललितपुर स्थीत नेस्नल स्पोर्ट्स सेन्टर प्रा.लि. मा एकुवा जुम्बा कार्यक्रम गर्ने भएको छ ।

२०७० सालदेखि निरन्तर जुम्बा व्यायाम पेसा गर्दै आएका दिपकले कोभिड लकडाउन अगाडि लगभग ९/१० पटक एकुवा जुम्बा कार्यक्रम आयोजना गरिसकेको बताएका छन ।

लामो समयदेखि भिभिन्न कार्यक्रम गर्दै आएकोमा यस सस्थाले लकडाउन पछी भने एकुवा जुम्बा ब्यायाम कार्यक्रम दोस्रोपटक गर्न लागेको सस्थाका सस्थापक अध्यक्ष दिपक बज्राचार्यले बताएका छन ।

स्वस्थ रहन ब्यायामको अत्यन्त जरुरी भएको हुनाले ,जीवनको लागि स्वस्थ रहनु नै स्वास्थ्यका लागि धन भएको पनि बर्जाचार्यले बताएका छ्न ।

व्यायामले आम मानिसको तनाव हटाउने शरिरर फुर्तिलो बनाउने र रोग प्रतिरोधात्मक क्षमता बढाउने हुदा यसको महत्व दिन प्रतिदिन बढ्दै गएको उनले बताए ।

एकुवा जुम्बा व्यायाम स्वमिङ पुलको पानीभित्र शरिरको हातखुट्टा विभिन्न अङ्ग प्रत्याङ्ग प्रयोग हुने भएकाले शरिरको लागि धेरै फाइदाजनक हुने कुरा पनि उनले बताए ।

एकुवा जुम्बा व्ययाममा जुम्बा प्रशिक्षकहरुको निर्देशनमा स्वीमिङ पुलको पानीमा जुम्बा व्यायाम गर्ने सदस्यहरुले मनोरञ्जनका साथ एकुवा जुम्बा गरिने हुदा मनोरञ्जन समेत हुने उनी बताउछन ।

एलिगेन्त जुम्बा जोन एण्ड डान्स स्टुडियो प्रालिका संचालक समितितिमा अध्यक्ष दिपक बजा्रचार्य ,उपाध्यक्ष सबिना महर्जन ,सचिव पुनम शाक्य ,कोषाअध्यक्ष सबिता महर्जन र व्यावस्थापन रिना श्रेष्ठ रहेका छन ।

लकडाउनपछी विभिन्न कार्यक्रममा नृत्य प्रस्तुति गरेका जस्ता तालिम दिएर विभिन्न कार्यक्रम आयोजना गरिरहेको अध्यक्ष बज्राचार्यले बताएका छन ।

एकुवा जुम्बा ब्यायाम कार्यक्रम भने जेष्ठको पहिलो हप्ताको शनिबार ६  गते  ललितपुरको च्यासल स्थीत नेस्नल स्पोर्ट्स सेन्टर प्रा.लि. विहान ६ बजेदेखि ९:३० बजे सम्म हुनेछ । कार्यक्रमको  मिडिया पार्टनरको रुपमा  भिजन न्यूज नेपाल ´ रहेको छ  ।