चितवन २ मा रवि लामिछानेलाई १५ सय मतान्तरको अग्रता

चितवन : चितवन २ को उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता बढाउँदै लगेका छन् ।

इच्छाकामना गाउँपालिकाको ५ वटा वडाको मतगणना सकिँदा लामिछानेले १५०० भन्दा बढी मतान्तरले अग्रता लिएका छन् । पछिल्लो मत परिणाम अनुसार लामिछानेले ३ हजार ६०२ मत पाएङ्का छन् ।

नेकपा एमालेका रामप्रसाद न्यौपानेले २०८२ र नेपाली कांग्रेसका जितनारायण श्रेष्ठले १४९४ मत पाएका छन् ।