कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : सरकारले विश्वकप क्रिकेटको क्वालिफायरमा छनोट भएका सम्पूर्ण खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

शुक्रवार विजेता टोलीलाई सरकारी निवास बालुवाटारमा बोलाएर उहाँहरुलाई बधाई दिँदै प्रधानमन्त्री पुष्पकमल दाहालले विजेता खेलाडीहरुलाई जनही तीन लाख रुपैयाँ दिने बताएका हुन् ।

उनले कीर्तिपुर मैदानमा तत्काल आधुनिक फ्लट लाइट र स्कोर बोर्ड जडान गर्नपनि राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिए । उनले भने, ‘कीर्तिपुरमा जाँदा मैले हिजो फल्ट लाइट र स्कोर बोर्ड फेर्न तत्काल अघि बढाउन राष्ट्रिय खेलकुद परिषद्लाई निर्देशन दिन्छु । त्यसका लागि आवश्यक साधन श्रोतको व्यवस्था सरकारकाले गर्नेछ ।’

साथै प्रधानमन्त्री दाहालले चितवनमा बन्न लागेको अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशालाका समस्या समाधान गरी सरकारले तिब्र गतिमा काम अघि बढाइरहेको बताए ।