काठमाडौंको लैनचौरमा मनाइयो टोमाटो होली

काठमाडौं : काठमाडौंको लैनचौरमा टोमाटो (टमाटर)को होली खेलिएको छ ।ग्लोबल टुरिजम प्रोमोसन काउन्सिलले स्पेनमा मनाइने टोमाटो फेस्टिभल र होलीलाई एक साथ मनाउने भन्दै टोमाटो होली आयोजना गरेको हो ।

नेपालमा रंग र पानी खेलेर होली मनाउने गरिए पनि यसपालि होलीमा टोमाटो पनि थपिएको हो ।स्पेनमा टोमाटो फेस्टिभलमा सहभागीहरुले एक अर्कालाई टमाटर फ्याँक्छन् र टमाटरमै लडिबुडी गरेर रमाइलो गर्छन् ।

त्यसकै नक्कल गरेर लैनचौरमा आयोजना गरिएको टोमाटो होलीमा युवा युवतीले रमाइलो गरेका थिए ।