बालबालिका लक्षित राष्ट्रिय एकल नाटक महोत्सव आयोजना हुने

काठमाडौं :काठमाडौंको सानो भर्याङमा रहेको स्वस्तिश्री गुरुकुल स्कुलले बालबालिकालाई लक्षित गरेर राष्ट्रिय एकल नाटक महोत्सव आयोजना गर्ने भएको छ ।कोभिडका कारणले बालबालिकाहरु घरमै बसिरहेका र उनीहरु सिर्जनात्मक क्रियाकलापमा सहभागी हुन नपाएको भन्दै स्कुलले अनलाईन एकल नाटक महोत्सव आयोजना गर्न लागेको हो।

यो महोत्सवमा देशभरिका बालबालिकाले आफुलाई मनमा लागेका विभिन्न विषयमा अभिनय गरेर आयोजकको इमेलमा नाटक पठाउन सक्ने बताएको छ । भने नाटक आगामी सेप्टेम्बर १ सम्म पठाइसक्नु पर्ने पनि आयोजकले बताएको छ ।

महोत्सवमा बालबालिकाहरुले ३ देखि ५ मिनेटको एकल नाटकको भिडियो बनाएर पठाउनु पर्नेछ। नाटकमा अरु चरित्र आएमा माईम गर्नु पर्ने,भिडियो ईडिट नगरी, एक सटमा, नाटकको शैलीमा खिच्नु पर्ने। भेषभुषा, मेकअपमा ध्यान दिन सकिने,सहभागी बालबालिकाहरु मध्ये तीन वटा उत्कृष्ट नाटकलाई जनही नगद ५ हजारका दरले पुरस्कार प्रदान गरिने छ ।