देउवाले बोलाए पार्टीका नवनिर्वाचित सांसदलाई बालुवाटार

काठमाडौं : नेपाली कांग्रेसमा संसदीय दलको नेता चयनको तयारी भइरहँदा पार्टी सभापति शेरबहादुर देउवाले नवनिर्वाचित सांसदलाई बालुवाटार बोलाएका छन् ।

निर्वाचनको अन्तिम मत परिणाम आएसँगै उनले पार्टीका निर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई बधाइ दिन शनिबार दिउँसो ३ बजे बालुवाटारमा बोलाएको मुख्यसचिव कृष्णप्रसाद पौडेल जानकारी दिए । बधाइ ज्ञापनका लागि भनिए पनि बालुवाटारको भेलालाई संसदीय दलको नेताको चुनावको तयारीका रूपमा हेरिएको छ ।

यस क्रममा सरकार गठनका लागि भइरहेका प्रयास लगायत सांसदको भूमिकाबारे कुराकानी हुने बताइएको छ । कांग्रेसबाट प्रतिनिधिसभामा प्रत्यक्षमा ५७ र समानुपातिकतर्फ ३२ गरी ८९ जना सांसद निर्वाचित भएका छन् ।

कांग्रेस संसदीय दलको नेतामा सभापति देउवासहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, नेताहरू शेखर कोइराला र प्रकाशमान श्रेष्ठले आकांक्षा देखाएका छन् । यसै साताभित्र संसदीय दलको नेता छान्न निर्वाचन गर्ने कांग्रेसको तयारी छ ।