एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा पुन: बिना श्रेष्ठ

निराज रानाभाट
काठमाडौं : भारतको प्रख्यात ब्राण्ड नन्दिनी हर्वल केयर प्रा. लि. का लागि नेपालकी बिना श्रेष्ठ पुन: ब्राण्ड एम्बासडर बनेकी छिन् | श्रेष्ठ यस कम्पनीका लागि गत वर्षदेखि ब्राण्ड एम्बासडरको रूपमा आबद्ध छिन् ।

श्रेष्ठ ब्राण्ड एम्बासडर भएसँगै प्रचार – प्रसारको भूमिका निर्वाह गर्दै आएकी छिन् । प्रचारप्रसार राम्रो भएकै कारण ” एनप्लस प्रोफेसनल ” सौन्दर्य सामाग्रीले नेपाली बजारमा राम्रो बजार विस्तार भएको छ । श्रेष्ठले कुशलताका साथ कार्यभार सम्हालेकै कारण पुन: उनलाई एनप्लस प्रोफेसनलको ब्राण्ड एम्बासडरमा नियुक्त गरिएको नन्दिनी हर्वलका प्रबन्ध निर्देशक हितेस लिम्बानी बताए ।

त्यस्तै, टेलिभिजन कार्यक्रम, ब्यूटी प्याजेन्ट, टिकटक, फेसबुक लगायत प्राय सामाजिक सञ्जालहरुमा एनप्लस प्रोफेसनलका प्रचारप्रसारमा ब्राण्ड एम्बासडरको भूमिका महत्वपूर्ण रहेकाले पनि बजार विस्तारमा टेवा पुगेको एनप्लस प्रोफेसनलका कन्ट्री मेनेजर पदम शर्मा बताए ।

बिना श्रेष्ठ विगत १९ वर्षदेखि संचारक्षेत्रमा आबद्ध छिन् । हाल टि.भी टुडे टेलिभिजनकी प्रमुख कार्यकारी निर्माताको रूपमा आबद्ध श्रेष्ठ, ” द बिन्हाज सो” नामक एक लोकप्रिय शो चलाउने गर्छिन् ।