झापा-३ बाट राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन विजयी

झापा : झापा क्षेत्र नम्बर ३ मा राप्रपाका उम्मेदवारसमेत रहेका अध्यक्ष राजेन्द्र लिङ्देन प्रतिनिधि सभा सदस्य निर्वाचित भएका छन्।

उनले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई हराएका हुन्। लिङ्देनले ४० हजार ६ सय ४८ मत ल्याए भने सिटौलाले ३७ हजार ३ सय ७२ मत ल्याए। लिङ्देन ३ हजार २ सय ७६ मतान्तरसहित विजयी भएका हुन्।