नागरिकताको तमासा गर्नै पर्दैन : ओली

सुनसरी : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नागरिकताबारे तमासा भइरहेको भन्दै मंसिर ४ पछि एमाले नेतृत्वमा बन्ने सरकारले नागरिकता दिने अभियान नै सुरु गर्ने बताएका छन् ।

बुधबार सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने, ‘अहिले नागरिकताको खुव चर्चा गरेका छन् । मैले भनेको छु, नागरिकताको तमासा नगर, गर्नैपर्दैन ।’ उनले मंसिर ४ पछि एमालेको सरकार बनेपछि सम्पूर्ण नेपाली जनतालाई नागरिकता दिने अभियान सुरु गरिने बताए । ‘जन्मसिद्धका सन्तानले वंशजका आधारमा नागरिकता प्राप्त गर्ने ऐन एक महिनाभित्र बनाएर अंगिकृतका सन्तानलाई वंशजका आधारमा नागरिकता दिइनेछ’, ओलीको भनाइ छ ।

पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भन्नेमा अहिले विवाद नभएर विदेशीलाई दिनुपर्छ भन्नेसँग भइरहेको बताए । उनले एमालेबाहेक अरु दलले देश हाँक्न नसक्ने दाबी गर्दै नेपालका जनता र उद्यमीलाई परेका मर्काका विषयमा नबोल्ने सरकार के काम ? भन्दै प्रश्न गरे । उनले देउवाले जसरी लोकतन्त्र आफूले दरबारमा नबुझाएको भन्दै जनतामा जान संसद् विघटन गर्नुपरेको बताए । उनले कांग्रेसले चुनावी घोषणापत्रमा अरु कुरा गर्छन् हामी काम गर्छौ भनेर लेखेको भन्दै एउटा राम्रो काम गरेको देखाउन चुनौती दिए ।