पुकार बम र मुकुन्द रिजालसहित ६ जनामाथि निर्वाचन आयोगले तोक्यो जरिवाना

काठमाडौं : निर्वाचन आयोगले काठमाडौं १ का राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बम र काठमाडौं महानगरपालिका-१६ का वडाध्यक्ष मुकुन्द रिजालसहित ६ जनालाई जरिवाना तोकेको छ।

आयोगबाट पत्राचार भएको आचारसंहिता उल्लंघन गरेको भन्दै जरिवानासहित उनीहरूलाई कारबाही गरेको आयोगले जनाएको छ। आयोगका अनुसार रिजालले सामाजिक सञ्जालमा उम्मेदवारलाई भोट दिई जिताउन अनुरोध गरेका थिए। त्यसैले उनलाई ५ हजार जरिवाना तोकेको आयोगले जनाएको छ।

त्यस्तै, पुकार बमले निर्वाचन प्रचार प्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्ट प्रयोग गरेको भन्दै ५ हजार जरिवाना तोकेको छ। बमले काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार दिएका छन्। यस्तै नेपालले मतदातालाई फ्री भिसा र टिकटमा युवालाई विदेश पठाइदिने भनी प्रलोभनमा पारी अभिव्यक्ति दिएको आयोगले जनाएको छ।
हेर्नुहोस् सूचीः