भूकम्प प्रभावित क्षेत्र डोटीमा राहत र उद्दारमा खटिन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले डोटीको भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन निर्देशन दिएका छन् । उनले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन् ।

प्रधानमन्त्री देउवाले सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् । बुधबार बिहान २ बजेर १२ मिनेटमा डोटी केन्द्रविन्दु भएर गएको ६.६ म्याग्निच्युडको भूकम्पमा परी डोटीको पुर्बिचौकी गाउँपालिका-३ गैरागाउमा ६ जनाको मृत्यु भएको छ ।