पर्सेली जनता “छाता छापमा” मतदान गर्न आतुर छन् : मन्त्री यादव

वीरगञ्ज : वन तथा वातावरणमन्त्री प्रदीप यादवले पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा जनताले कामको मूल्याङ्कन गर्ने भएका कारण आफ्नो जित निश्चित भएको दावी गरेका छन् ।

पर्सा–१ को प्रतिनिधीसभा सदस्यका उम्मेदवार यादवले पाँच वर्ष सांसद्का रुपमा क्षेत्रको विकास र समृद्धिको लागि गरेको कामको मूल्याङ्कन जनताले गर्ने भएको हुनाले आफ्नो जित निश्चत भएको दाबी गरेका हुन् । जसपा–एमाले गठबन्धनका साझा उम्मेदवार यादवले भने, “मतदाताका बिचमा जादाँ पाइरहेको अपार समर्थन र उत्साह देख्दा पर्सा–१ मा मेरो प्रतिष्पर्धी कोही पनि देखिएको छैन, मतदाताले पुन: मलाइ नै विजयी बनाउछन् भन्नेमा म ढुक्क छु।”

पाँच वर्ष सांसद्का रुपमा मैले क्षेत्रको विकासका लागि हरेक सम्भव काम गरेको र जनताको आवश्यकता तथा चाहना अनुसार सडकदेखि नाला, पुल, विद्यालय, टावर लाइट, धर्मशाला, मन्दिर, मस्जिद निर्माण गरेर क्षेत्रवासीलाई विकास र समृद्धि तर्फ अगाडि लिएर गएकोले यसको मूल्याङ्कन गरेर जनताले आफूलाई जिताउने उनको विश्वास छ ।

क्षेत्रवासी जसपाको निर्वाचन चिन्ह छाता छापमा मतदान गर्न आतूर रहेको बताउँदै यादवले भने, “सांसद् जितेदेखी जनताकै बीचमा छु, क्षेत्रमा हरेक हप्तामा पुग्ने गरेको छु, जनताको दुःख र सुखको सारथी बनेर सँगसँगै हिडेको छु, यसको मूल्याङ्कन जनताले गर्नेछन् ।”

पर्सा १ मा चुनाव लडेका अरु उम्मेदवारहरु मध्ये कोहि टुरिष्ट त कोहि जनताले पटक पटक अस्वीकृत गरिसकेका नेताहरु रहेकाले जनताको भरोसा उनिहरु माथि नभएको पनि उनले बताए । यादवले भने,‘ जनताले विकास प्रेमी, सुखदु:खमा साथ दिने जनप्रतिनिधी चाहन्छन्, त्यसका कारण पर्सा १ का मतदाता जसपाको चुनाव चिन्ह छाता छापमा मतदान गर्न आतुर छन् ।