स्वस्तिका बानियाँ नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्षमा

हेटौंडा : गल्र्स टेकओभर कार्यक्रममा स्वस्तिका बानियाँ नेपाल पत्रकार महासंघ, मकवानपुर शाखाकी अध्यक्ष बनेकी छिन् । अन्तर्राष्ट्रिय बालिका दिवसको अवसरमा देशभर गल्र्स टेकओभर कार्यक्रम अन्तरगत मकवानपुरमा स्वस्तिका बानियाँ नेपाल पत्रकार महासंघ मकवानपुरको अध्यक्ष बनेकी हुन् ।

मंगलबार एक कार्यक्रमका बीच महासंघका अध्यक्ष मणिराज गौतमले खादा ओढाएर महासंघको अध्यक्षको पदभार ग्रहण गराएका थिए । अध्यक्ष बानियाँको अध्यक्षतामा भएको कार्यक्रममा गौतम प्रमुख अतिथि रहेका थिए । प्लान इन्टरनेशनल, राडो नेपाल सहितका विभिन्न संस्थाहरुको सहयोगमा गल्र्स टेकओभर कार्यक्रम गरिएको थियो ।

बालिका दिवसको अवसरमा मकवानपुर सहित देशभर एक सय भन्दा बढी स्थानमा गल्र्स टेकओभर कार्यक्रम गरिएको प्रोटेक्सन परियोजनाका कार्यक्रम अधिकृत राजेन्द्र लामाले बताए । गतवर्ष मनहरी गाउँपालिकामा मनहरीकी अनुजा गुरुङ पालिका उपाध्यक्ष भएकी थिइन् ।

अध्यक्षको पद सम्हालेपछि महासंघकी अध्यक्ष बानियाँले मयार्दित ढङ्गबाट सुचना समाचार सम्प्रेक्षण गर्न आफु प्रतिवद्ध रुपमा लाग्ने बताइन् । पत्रकारको हकहितमा र पत्रकारसँग जोडिएका विषयलाई काम गर्दै आइरहेको बताइन् । मकवानपुरमा बालिका, युवा, महिलाका विषयका समाचार कम प्रकाशन/प्रशारण भइरहेको अवस्थामा अबको दिनमा महिला र बालबालिकाका विषयमा समाचारहरु महत्वका साथ प्रकाशन प्रशारणमा जोड दिन आफु लाग्ने बताइन् ।

कम समाचार प्रकाशनले गर्दा किशोरी, युवा र महिलालाई पत्रकारिताका क्षेत्रमा बृहत छलफल तथा प्रशिक्षण दिइने बताइन् । नेतृत्वमा युवा महिलाको संख्या कम भइरहेको यो समाजमा परिवर्तन गर्न सञ्चारमाध्यमको माध्यमबाट महिला तथा बालबालिका विषय उठान गरिने प्रतिवद्धता व्यक्त गरिन् । उनले मकवानपुरमा बालिका र महिलाका विषयमा विधागत कमल चलाउने अवस्थामा पुर्याउने प्रतिवद्धता व्यक्त गरिन् ।

कार्यक्रममा रोल मोडल सविता परियारले ज्ञापनपत्र प्रस्तुत गरेकी थिइन् भने गतवर्ष मनहरी गाउँपालिकाको उपाध्यक्ष बनेकी अनुजा गुरुङले आफ्नो अनुभव सुनाएकी थिइन् । पत्रकार महासंघ मकपानपुरका पुर्व अध्यक्ष भानुभक्त आचार्य लगायतले आफ्नो भनाइ राखेका थिए ।