दैलेख -१ बाट राप्रपा महामन्त्री कुन्ती शाहीद्वारा‌ उम्मेदवारी दर्ता

 

दैलेख : राप्रपा महामन्त्री कुन्ती शाहीले दैलेख क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराएकी छन् ।मुख्य निर्वाचन अधिकृतकाे कार्यालय दैलेखमा उनले उम्मेदवारी दर्ता गरेकी हुन् ।

शाहीले भ्रष्टाचारका विरुद्ध ,स्वाधीन अर्थतन्त्रको पक्षमा, आवाज विहिन गरिब महिला, युवा, दलित, बृद्ध, किसान, श्रमिकका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताएकी छन् ।

‘दैलेखलाई पर्यटन प्रबर्द्धन, बलियो पुर्वाधार,आधुनिक कृषि, व्यवस्थित विद्युतिय उर्जाबाट सबल र सक्षम दैलेख बनाउनु छ,’उनले भनेकी छन्,‘ राजनीतिलाई पेशा होईन समाजका हरेक नागरिकको सेवामा रुपान्तरण गर्नको लागि मेरो उम्मेदवारी हो । पार्टीभन्दा माथी उठेर जनताको हित र समाजको लागि काम गर्नेछु ।’

उनी पहिलो पटक प्रत्यक्षबाट चुनाव लड्न लागेकी हुन् ।उनले एमालेका रवीन्द्रराज शर्मा र सत्तारुढ गठबन्धनबाट एकीकृत समाजवादीका अम्मर बहादुर थापासँग प्रतिस्पर्धा गर्नेछन् ।दुई पाका नेताहरुसँग प्रतिस्पर्धा गर्न भने निकै मेहनत गर्नुपर्ने हुन्छ ।