चितवनमा भदौं ८ गते अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनको कन्सर्ट हुने

निराज रानाभाट , भरतपुर , चितवन : अमेरिकी आइडलका फाइनलिस्ट अर्थर गनले यहीँ भदौं ०८ गते , चितवनको भरतपुरमा कन्सर्ट दिने भएका छन ।

काठमाडौंमा जन्मिएका अर्थर गन ( दिवेश पोखरेल ) सांगीतिक मञ्चमा चाहिँ अर्थर गन नामले चर्चित छन । उनीसहित उनको ब्यान्डका अन्य ४ जना सदस्य पनि काठमाडौं आइपुगेका छन् ।

उनले चितवन जिल्लाको भरतपुरसहित मुलुकका ७ शहरका कन्सर्ट गर्दै छन । यहीँ भदौ ०४ गते , राजधानी काठमाडौंमा , भदौ १० गते , कास्की जिल्लाकाे पोखरामा र भदौ १५ गते , रुपन्देही जिल्लाको बुटवलमा कन्सर्ट हुँदै छ ।

आयोजक ब्रेन सर्भिसिङले उनको कन्सर्टको व्यवस्थापन हेरिरहेको छ । नेपाल बसाइँमा उनले पर्यटन र संस्कृति प्रवद्र्धनका कार्यक्रममा समेत भाग लिने भएका छन ।

सन् २०२० को अमेरिकी आइडलको संस्करणमा फस्ट रनरअप भएयता उनी पहिलोपटक नेपाल आइपुगेका छन । गत महिना उनले लण्डनमा कन्सर्ट गरिसकेका छन ।