सर्वोच्च अदालतको निर्णय विरुद्ध बुटवलको सडक उत्रियो नेकपा एमाले ओली पक्षीय भातृ संगठन अनेरास्ववियु र युवा संघ नेपाल

दिपेश राज नेपाल
बुटवल :सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै बदर गरेको छ । फैसला आएको केहीबेरमा नेकपा(एमाले)का क्रेन्द्रीय नेता महेश बस्नेतले देशभरबाट आन्दोलनका लागि उठ्न आह्वान गरेका थिए । उनले फेसबुकमार्फत तुरून्तै भेला भएर प्रदर्शन गर्न निर्देशन दिएका थिए ।

नेकपा(एमाले)का क्रेन्द्रीय नेता महेश बस्नेतको निर्देशन संगै अदालतले प्रतिनिधिसभा पुनस्र्थापना र शेरबाहदुर देउवालाई प्रधानमन्त्री बनाउने फैसला गरेपछि प्रधानमन्त्री केपी शर्मा ओली समर्थित बिद्यार्थी संगठन र युवा संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ ।

बुटवलको राजमार्ग चौराहमा भेला भएका केही कार्यकर्ताहरुले ‘गैर संवैधानिक परमादेश खारेज गर’ ,शक्ति पृथकिकरणको रक्षा गरौं सबैधानिक सर्वोच्चता कायम गरौं ,भारतिय हस्तक्षप बन्द गर ,चोन्लेन्द्रशमशेर मुर्दावाद भन्दै पम्पेलेट सहित नारा लागाउदै प्रदर्शमा उत्रिएका छन् ।

उक्त बिरोध कार्यक्रम राष्ट्रिय युवा संघ नेपाल को क्रेन्द्रीय उपाध्यक्ष सुमन पुरी,क्रेन्द्रीय सदस्य रुपन्देही इन्चार्ज केशव रोका,दिननाथ भट्टराई ,युवा संघ नेपाल रुपन्देही जिल्ला संयोजक मनोज गौचन ,सह (संयोजक बिकास जङ बस्नेत जिल्ला सदस्य सुर्य सुवेदी ,अनेरास्ववियु क्रेन्द्रीय सचीवलय सदस्य बालकृष्ण पाण्डे ,क्रेन्द्रीय सदस्य साजन भण्डारी , शेषकन्ता पोखरेल ,लेखनाथ खनाल ,नबराज मल्ल अनेरास्ववियु रुपन्देही जिल्ला संयोजक साजन भण्डारी ,सह( संयोजक शेषकान्त पोखरेल लगाएत जिल्ला नेताहरु उपस्थित थिए । उक्त बिरोध कार्यक्रममा अनेरास्ववियुबाट क्रेन्द्रीय सदस्य एवम् रुपन्देही जिल्ला संयोजक साजन भण्डारीले संबोधन गरेका थिए ।

उक्त कार्यक्रम बोल्दै देश को उच्च पदमा भएको ब्यक्तिले राति नै निर्णय गर्ने अनि दिउँसो नाटक देखाउने एक पार्टीको झन्डा ओडेर फैसला गरेको मन्ने नहुने हिम्मत भए उच्च पद छोडेरपार्टी को झणडा बोकि रुपन्देहीमा आएर चुनाव लडन चोन्लेन्द्रशमशेरलाई चुनौती दिएका छन।यसै गरि उक्त बिरोध कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालको तर्फबाट क्रेन्द्रीय उपाध्यक्ष सुमन पुरीले सम्वोधन गरेका थिए ।

उक्त कार्यक्रम बोल्दै सर्वोच्च अदालतको फैसला संसदिय व्यवस्था र दलिय प्रणालीमा गम्भीर आघात पुगेको छ र मुलुक अस्थिरता तर्फ बढेको छ । संसदिय व्यवस्था र दलिय प्रणालीमा गम्भीर आघात भएको छ ।सर्वोच्च अदालतको फैसलाले मुलुक अस्थिरता तर्फ गैसकेको बताए सर्वोच्च अदालतले निर्णय नफेरेमा युवा संघ नेपाल र अनेरास्ववियु चुप नबस्ने आजै बैठक बसि आन्दोलन कार्यक्रम घोषण गर्ने बताए। सर्वोच्च अदालतको फैसला भएसङै आन्दोलन हुने सडक बिरोध हुन सक्ने चनाखो हुँदै जिल्ला प्रशासन कार्यालय रुपन्देहीले आजै कडा सुरक्षा बैठक बसेको थियो त्यहि अनुसार चनाखो हुदै प्रहरी समेत परिचालन गरेको थियोे ।