बाजुराको बुढीगंगामा प्रारम्भिक मत परिणाम ,अग्रता लिदैं एमाले

काठमाडौं : बाजुराको बुढीगंगा नगरपालिकको मतगणनाको प्रारम्भिक मत परिणाम आएको छ । प्रारम्भिक परिणाम अनुसार एमाले र कांग्रेसबीच कडा प्रतिस्पर्धा देखिँदा एमालेले अग्रता लिएको छ ।

हालसम्म कुल २०० मतको गणना सकिएकोमा एमालेले मेयरमा १०० मत ल्याउँदै पहिलो स्थानमा रहेको हो । कांग्रेस ८८ मतका साथ दोस्रो स्थानमा छ । उपमेयरमा एमालेका उम्मेदवारलाई ९५ मत प्राप्त कांग्रेसले पनि समान मत पाएको छ ।