तिनाउ खोलाको बगरमा मृत शव फेला पर्यो

लक्ष्मी श्रेष्ठ
बुटवल :बुटवलस्थीत तिनाउ नदिको किनारमा एक जना व्याक्तीको शव फेला परेको छ ।

अन्दाजी ५०/ ५२ वर्षका उक्त शव बुटवल उपमहानगरपालिकाको दक्षिण र तिलोतमा नगरपालिकाको सिमाना नजिक मगर घाट देखि केही तल रहेको बस्ती सिमानगरमा फेला परेको हो ।

उक्त शबको हाल सम्म सनाखत हुन नसकेकोले सम्बन्धित ब्यक्तिका आफन्तहरुलाई तुरुन्त शब भेटीएको ईलाकामा सम्पर्क गर्न अनुरोध गरिएको छ ।

यदि तत्काल कोही सम्पर्कमा नआएमा उक्त शबका सम्बन्धित ब्यक्तिहरुलाई बुटवल प्रहरी कार्यालयमा सम्पर्क गर्न अनुरोध समेत गरिएको बुटवल उपमहानगरपालिका वडा नं.११ का जनप्रतिनिधी नकुल शाही ठकुरीले भिजन न्युज नेपाललाई जानकारी दिए ।